‘गाउँ फर्क’ अभियान चलाउनुपर्ने अवस्था आयो: मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार लगायतका विकास गाउँ केन्द्रित भइरहँदा मानिसहरू सहर केन्द्रित हुने अवस्थालाई सुधार गर्न ‘गाउँ फर्क’ अभियान चलाउनुपर्ने बताएका छन्।
तीन तहका सरकारले गाउँ केन्द्रित विकासलाई प्राथमिकतामा राखेर सुविधाहरू पुर्याइरहेको सन्दर्भ केलाउँदै मुख्यमन्त्री आचार्यले सहर केन्द्रित भएकाहरू अव गाउँ फर्कन जरुरी रहेको बताए ।
अर्घाखाँचीको मालारानी गाउँपालिका–२ मा रहेको वीरेन्द्र माध्यमिक विद्यालयको ऐतिहासिक स्वर्ण जयन्ती महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले सुविधाकै लागि सहर पसेकाहरू अव गाउँ फर्कनुपर्ने बताए ।
गाउँ फर्क अभियानलाई राजनीतिक दल, जनप्रतिनिधि, समाजसेवी तथा समाजका अगुवाहरूले उदाहरण बनेर देखाउनुपर्ने समेत धारणा राखे ।
राजनीतिक दलका कार्यकर्ता पनि अव उद्यममा जोडिएर व्यवसायीक बन्नुपर्ने बताए। सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर खस्कँदै जानु चिन्ताको विषय भएको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले गुणस्तर सुधार गर्न सबै पक्ष गम्भीर बन्नुपर्ने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यातायात व्यवसायीको हड्तालकाबिच यी रुटमा साझा बस सञ्चालन
-
झलनाथ र मोहनविक्रमबिच भेट, वामपन्थी एकतामा जोड
-
माओवादीले अन्तिमसम्म साथ दिने रास्वपाको विश्वास, राप्रपालाई फकाउने रणनीति
-
एमालेमा ‘म झोले हो’ पोस्टर ट्रेन्ड !
-
जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ
-
‘रनवे मोडल युनिभर्स २०२५’ मा नेपाली रोनिशलाई फष्ट रनर अपको उपाधि