‘द्रौपदी’ चैतमा रिलिज हुने
काठमाडौँ । चलचित्र सेन्सर बोर्ड सदस्य समेत रहेका ऋषिराज आचार्य निर्देशित फिल्म ‘द्रौपदी’ आगामी ८ चैतबाट देशब्यापी रिलिज हुने भएको छ । निर्माता समेत रहेका आचार्यले फिल्म चैतमा प्रदर्शन हुन लागेको जानकरी दिए । उनले वितरकसँग छलफलबाट प्रदर्शन मिति टुंगो लागेको जानकारी दिए ।
अन्तर्राष्ट्रिय बजारलाई लक्षित गरि सामाजिक कथामा निर्माण भएको फिल्ममा आश्विनी शाही, रवि ओड, कविराज भाम, जेएलसन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई, प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी र निर्देशक आचार्यको अभिनय छ ।
आरबी मूभिजको ब्यानरमा निर्मित फिल्ममा रवि ओडको संगीत, मोहनकुमार झिल्लुको छायांकन छ । आचार्य र प्रकाश ज्ञवाली निर्माता रहेको फिल्ममा विष्णु ठडराई र ऋतु आचार्य सहनिर्माता छन् । पटकथा, संवाद र गीत निर्देशन आचार्यकै छ । आचार्यले यसअघि मिस्टेक, सपना तिम्रो मेरो, सुन्तलीलाई भगाइ लग्यो झिल्केले, ड्रीम गर्ल र चुरीफुरी निर्देशन गरेका छन् ।
कर्णाली प्रदेशको हिमाली क्षेत्रमा छायांकन गरिएको फिल्मको शीर्षक ‘महाभारत’को पात्र द्रौपदीसँग मिले पनि कथावस्तुबारे खुलाइएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण