रास्वपा साम्राज्यवादको आशीर्वाद प्राप्त भएको पार्टी हो : मोहन वैद्य

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका संयोजक मोहन वैद्यले २०७९ को निर्वाचनबाट चौथो दलमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई दलाल तथा नोकरशाही एवं सामन्त वर्गकै प्रतिनिधित्व गर्ने संसदीय यथास्थितिवादी पार्टी भएको चित्रण गरेका छन् । मङ्सिर १३ गतेदेखि २३ गतेसम्म भएको एकता महाधिवेशनमा पेस गरेको दस्ताबेजमा रास्वपालाई नेपाली कांग्रेसकै कित्तामा उभ्याएको हो ।
‘अहिले पुरानो रैथाने संसदीय यथास्थितिवादी पार्टी सहित सबै संसदवादी राजनीतिक दलहरूलाई असक्षम, असफल तथा असमर्थ बताउँदै पुरानो राज्यसत्ता, वर्तमान संविधान र संसदीय व्यवस्थाको असली पक्षधरका रूपमा आफूलाई पेस गर्दै व्यवस्था होइन अवस्था फेर्नुपर्छ भन्ने मान्यताका साथ राष्ट्रिय स्वतन्त्र पार्टी अस्तित्वमा आएको छ र यो संसदमा पनि चौथो स्थानमा रहेको छ । रास्वपा रूपमा निकै तामझाम सहित पेस भए पनि सारमा दलाल तथा नोकरशाही एवम् सामन्त वर्गकै प्रतिनिधित्व गर्ने संसदीय यथास्थितिवादी पार्टी नै हो । यसलाई यस प्रकारका अरू पार्टीहरूको तुलनामा साम्राज्यवादको थप आशीर्वाद प्राप्त भएको छ’, वैद्यको दस्ताबेजमा उल्लेख छ ।
यस्तै पुनरुत्थानवादी राजनीतिक पार्टी अन्तर्गत मूलतः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पर्ने उनको दस्ताबेजमा छ । निरङ्कुश राजतन्त्र तथा पञ्चायती व्यवस्थाको विरासतका रूपमा जन्मिएको यो पार्टीले संवैधानिक राजतन्त्र र हिन्दु धर्मको पुनर्स्थापनालाई आफ्नो विचारधारा तथा राजनीतिको मूल आधार बनाउँदै आएको उनले उल्लेख गरेका छन् । राप्रपा गणतन्त्र तथा धर्म निरपेक्षताको विरोधमा उभिएको र यसले वर्गीय रूपमा दलाल तथा नोकरशाही पुँजीपति एवम् सामन्त वर्गको प्रतिनिधित्व गर्ने चित्रण गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमाथि आक्रमण गर्ने कि नगर्ने भन्ने निर्णय २ हप्तामा लिन्छु: ट्रम्प
-
फिल्म 'खाली सिसी नयाँ कागज'मा विदेश मोह र पीडा
-
राहत केन्द्रनजिकै इजरायली आक्रमणमा २३ जनाको मृत्यु
-
१६ अर्ब पासवर्ड र लगइन डाटा चुहावट, अहिलेसम्मकै सबैभन्दा ठूलो डाटा चोरी
-
एसीमा बढी समय बस्ने व्यक्तिलाई हुन सक्छन् यस्ता स्वास्थ्य समस्या
-
छोराको बिहे सर्नुलाई नेतन्याहुले ‘युद्धको मूल्य’ भनेपछि भड्किए इजरायली