टिभी र रेडियो सन्देशमा सिरियाका विद्रोही नेताहरुले के भने ?
आइतबार, २३ मङ्सिर २०८१, १४ : ४३
दमस्कस । सिरियाको राजधानी दमस्कस कब्जा गरेपछि विद्रोही समूहले सरकारी टेलिभिजन च्यानल र रेडियोमा सन्देश जारी गरेका छन् । आफूहरूले राष्ट्रपति बशर अल–असदको शासन अन्त्य गरिसकेको हयात तहरीर अल–शाम (एचटीएएस) नेतृत्वको विद्रोही समूहले दाबी गरेको छ ।
यसक्रममा विद्रोही समूहले जेलबाट राजनीतिक बन्दी मुक्त गर्ने कुरा पनि गरेको थियो । असदले देश छोडेको दाबी एचटीएएसको छ । यी सबै बिचमा सिरियाका प्रधानमन्त्री मोहम्मद गाजी अल जलालीले सामाजिक सञ्जालमा जारी गरर्दै सिरिया आफ्नो छिमेकी र विश्वका अन्य देशहरूसँग राम्रो सम्बन्ध राख्ने सामान्य देश बन्न सक्ने बताएका छन् ।
शनिबार सिरियाको तेस्रो ठूलो सहर होम्स कब्जा गरेपछि विद्रोहीले आइतबार सिरियाको राजधानी दमास्कस कब्जा गरेका थिए । विद्रोही राजधानी छिरेपछि अशद देश छाडेर भागेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण