दिल्लीका दर्जनौँ निजी विद्यालयमा बमको धम्की
सोमबार, २४ मङ्सिर २०८१, ११ : ५०

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा नाम चलेका समेत कयौँ निजी स्कुललाई बमले उडाइदिने धम्की आएको छ ।
समाचार एजेन्सी पीटीआईले दिल्ली फायर सर्भिसका एक अधिकारीलाई उद्धृत गर्दै छापेको समाचार अनुसार डीपीएस आर के पूरम र पश्चिम बिहारको जीडी गोयन्का स्कुल समेत ४४ विद्यालयलाई बमले उडाइदिने धम्कीसहितको मेल आएको छ ।
आरके पुरमको डीपीएस स्कुललाई बिहान७ः०६ बजे र पश्चिम विहारको जीडी गोयन्का स्कूलमा ६ः१५ मिनेटमा बमको धम्की आएको अधिकारीहरूले बताएका छन् ।
धम्कीपछि दमकल, डग स्क्वाड, बम पत्ता लगाउने टोली र स्थानीय प्रहरीले विद्यालयमा पुगेर खोजी अभियान चलाएका थिए । समाचार एजेन्सी एएनआईले सिन दिल्लीका धेरै विद्यालयमा बमको धम्की आएको दाबी गरेको छ । धम्की आएपछि विद्यालय व्यवस्थापनले अभिभावकहरूलाई बोलाएर विद्यार्थीलाई घर फिर्ता पठाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पठनपठान सुरू
-
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
-
अब ‘टेलिचलचित्र’ पनि सेन्सर गर्नुपर्ने
-
१० बजे, १० समाचार : नीति तथा कार्यक्रम सार्वजनिक, भारतले एमालेभन्दा कांग्रेसलाई किन दियो महत्व ?
-
मकवानपुर महिला गोल्डकप : चितवन सेमिफाइनलमा
-
मुख्यमन्त्री शाह र भारतीय अधिकारीबिच ऊर्जा क्षेत्रको विकासबारे छलफल