दिल्लीका दर्जनौँ निजी विद्यालयमा बमको धम्की
सोमबार, २४ मङ्सिर २०८१, ११ : ५०
नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा नाम चलेका समेत कयौँ निजी स्कुललाई बमले उडाइदिने धम्की आएको छ ।
समाचार एजेन्सी पीटीआईले दिल्ली फायर सर्भिसका एक अधिकारीलाई उद्धृत गर्दै छापेको समाचार अनुसार डीपीएस आर के पूरम र पश्चिम बिहारको जीडी गोयन्का स्कुल समेत ४४ विद्यालयलाई बमले उडाइदिने धम्कीसहितको मेल आएको छ ।
आरके पुरमको डीपीएस स्कुललाई बिहान७ः०६ बजे र पश्चिम विहारको जीडी गोयन्का स्कूलमा ६ः१५ मिनेटमा बमको धम्की आएको अधिकारीहरूले बताएका छन् ।
धम्कीपछि दमकल, डग स्क्वाड, बम पत्ता लगाउने टोली र स्थानीय प्रहरीले विद्यालयमा पुगेर खोजी अभियान चलाएका थिए । समाचार एजेन्सी एएनआईले सिन दिल्लीका धेरै विद्यालयमा बमको धम्की आएको दाबी गरेको छ । धम्की आएपछि विद्यालय व्यवस्थापनले अभिभावकहरूलाई बोलाएर विद्यार्थीलाई घर फिर्ता पठाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण