भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बनेको छः मुख्यमन्त्री लामा
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले भ्रष्टाचार नियन्त्रणको विषय चुनौतीपूर्ण बन्दै गएको बताएका छन् । पदमा रहेका व्यक्तिहरूको आचरणका कारण भ्रष्टाचार न्यूनीकरण थप चुनौतीपूर्ण बनिरहेको बताए ।
भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०८१ को अवसरमा सोमबार हेटौँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले हरेक व्यक्तिको सम्पत्ति र आय विवरण अद्यावधिक गर्न जरुरी रहेको बताए । उनका अनुसार भ्रष्टाचार नियन्त्रणको उपयुक्त विषय भनेको प्रत्येक व्यक्तिको विवरण अद्यावधिक गर्नु हो ।
भ्रष्टाचार नियन्त्रणका लागि प्रविधिमैत्री विधि प्रयोग गरेर अघि बढ्नुपर्ने उनले बताए । भ्रष्टाचार नियन्त्रणका लागि हरेक क्षेत्रमा राज्यको नियन्त्रण रहनुपर्ने उनको भनाइ छ । नीति कानुन निर्माण गरेर मात्र नहुने भन्दै कार्यान्वयन पक्ष बलियो बनाउनु पर्ने उनले बताए ।
उनका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि राज्यले नियन्त्रण गर्नुपर्छ । आयोगले प्रतिशोधको भावना राखेर काम गर्न नहुने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण