भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बनेको छः मुख्यमन्त्री लामा

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले भ्रष्टाचार नियन्त्रणको विषय चुनौतीपूर्ण बन्दै गएको बताएका छन् । पदमा रहेका व्यक्तिहरूको आचरणका कारण भ्रष्टाचार न्यूनीकरण थप चुनौतीपूर्ण बनिरहेको बताए ।
भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०८१ को अवसरमा सोमबार हेटौँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले हरेक व्यक्तिको सम्पत्ति र आय विवरण अद्यावधिक गर्न जरुरी रहेको बताए । उनका अनुसार भ्रष्टाचार नियन्त्रणको उपयुक्त विषय भनेको प्रत्येक व्यक्तिको विवरण अद्यावधिक गर्नु हो ।
भ्रष्टाचार नियन्त्रणका लागि प्रविधिमैत्री विधि प्रयोग गरेर अघि बढ्नुपर्ने उनले बताए । भ्रष्टाचार नियन्त्रणका लागि हरेक क्षेत्रमा राज्यको नियन्त्रण रहनुपर्ने उनको भनाइ छ । नीति कानुन निर्माण गरेर मात्र नहुने भन्दै कार्यान्वयन पक्ष बलियो बनाउनु पर्ने उनले बताए ।
उनका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि राज्यले नियन्त्रण गर्नुपर्छ । आयोगले प्रतिशोधको भावना राखेर काम गर्न नहुने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातो मच्छिन्द्रनाथ रथ जात्रा सुरू (तस्बिरहरू)
-
आगामी नीति तथा कार्यक्रम कस्तो आउनुपर्छ ?
-
श्री ५ हटेपनि नेताहरूको कार्यशैली श्री ३ को जस्तो भयो : डा. बाबुराम भट्टराई
-
विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु
-
संसारभर आप्रवासी श्रमिकहरूमाथि भइरहेको शोषण
-
प्रधानमन्त्री ओली, देउवा, प्रचण्डबिच भेटघाट हुँदै