युवालाई खेलप्रति आकर्षित गर्न आवश्यक छ : सभामुख घिमिरे
काठमाडौँ । संसद् सेवा दिवसको अवसरमा मैत्रीपूर्ण फुटसल भएको छ । आज काठमाडौँमा प्रतिनिधि सभा सभामुख र राष्ट्रिय सभा अध्यक्षको नेतृत्वमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता भएको हो । १८ औँ संसद् सेवा दिवसको अवसरमा आयोजित फुटसल प्रतियोगितामा प्रतिनिधि सभाको टिमको नेतृत्व सभामुख देवराज घिमिरेले गरेका थिए भने राष्ट्रिय सभा टिमको नेतृत्व अध्यक्ष नारायणप्रसाद दाहालले गरेका थिए ।
फुटसल खेलका क्रममा बोल्दै सभामुख घिमिरेले युवापुस्तालाई खेलप्रति आकर्षण गर्न फुटसलको आयोजना गरेको बताए । उनले संसद् सेवा दिवसमा सांसदका सांसदहरू, सचिवालयका सदस्यहरू, सभामुख, उपसभामुखहरूले विभिन्न कार्यक्रम गरी मनाइरहेकोमा आज फुटसलको आयोजना गरिएको बताए उनले प्रतियोगिताले संसद् समेत खेलप्रेमी र खेलकुद क्षेत्रका विकासमा सधैँ तत्पर रहने सन्देश जाने विश्वास व्यक्त गरे ।
राष्ट्रिय सभा अध्यक्ष दाहालले युवाहरूलाई खेलकुद क्षेत्रप्रति आकर्षित गर्दै खेल क्षेत्रको समग्र विकासका लागि यस प्रतियोगिताले मद्दत गर्ने विश्वास व्यक्त गरे । उनले युवाहरूलाई खेलप्रति धेरै भन्दा धेरै आकर्षण गर्न जरुरी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण