शेखर समूहलाई पेलिरहे ०८४ अघि कांग्रेस दुर्घटनामा जान्छ: नेता शर्मा
काठमाडौँ । सांसद सुनिल शर्माले संस्थापन पक्षले शेखर कोइराला र उनको समूहलाई पेलिरहे ०८४ अघि कांग्रेस दुर्घटनामा जाने बताएका छन् ।
मंगलबार पत्रकार सम्मेलन गरेर उनले पार्टी क्याप्चर गरेर‚ शेखर समूहलाई पेलेर अघि बढ्ने दिवास्वप्न नदेख्न पनि चुनौती दिए । गिरिजाप्रसाद कोइराला पार्टी सभापति हुँदा शेरबहादुर देउवालाई पार्टी भित्र सम्मानजनक भाग र ओहोदा दिएको स्मरण गर्दै उनले ४१ प्रतिशत मत ल्याएको शेखर कोइरालालाई कोही हैन भन्ने व्यवहार अन्त्य गर्न चुनौती पनि दिए ।
‘उहाँहरूले यहीँ रवैया अपनाएर गए कांग्रेस पार्टीभित्र दुर्भाग्य हुन्छ । ०८४ अगाडी कांग्रेस दुर्घटनामा जान सक्छ‚’ उनले भने । उनले यसका विरुद्ध देशभर गएर कार्यक्रम गर्ने भन्दै पुस ५ गते धनगढीमा कार्यक्रम आयोजना गरिएको बताए ।
नेता शर्माले कोशी प्रदेशमा भएको भेला र प्रदेश सम्मेलन बहिस्कारको विषयमा जानकारी गराउँदै भने‚ ‘त्यहाँ एक किसिमले शेखर दाइलाई डोमिनेट गरेर निषेध गरेपछि हामीले सशक्त कुरा राख्यौँ । सभापतिज्यूले पछि कांग्रेस लोकतान्त्रिक दल हो विरोध गर्न बोल्न पाइन्छ भन्नुभयो ।’
सभापति देउवाको तारिफ गर्दै उनले देउवामा आफूले बिपी कोइरालाको आत्मा जीवित रहेको अनुभूति गरेको पनि बताए ।
‘बिपी कोइरालासँग काम गरेको शेरबहादुर दाइ हो । बिपी कोइरालाको आत्मा कहीँ न कहीँ शेरबहादुर देउवामा छ‚’ उनले भने‚ ‘उहाँको वरिपरि कोही मान्छे छन् जो चुनाव पनि जितेकै छैनन् । उनीहरूले बिगारेका हुन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण