शेखर समूहलाई पेलिरहे ०८४ अघि कांग्रेस दुर्घटनामा जान्छ: नेता शर्मा
काठमाडौँ । सांसद सुनिल शर्माले संस्थापन पक्षले शेखर कोइराला र उनको समूहलाई पेलिरहे ०८४ अघि कांग्रेस दुर्घटनामा जाने बताएका छन् ।
मंगलबार पत्रकार सम्मेलन गरेर उनले पार्टी क्याप्चर गरेर‚ शेखर समूहलाई पेलेर अघि बढ्ने दिवास्वप्न नदेख्न पनि चुनौती दिए । गिरिजाप्रसाद कोइराला पार्टी सभापति हुँदा शेरबहादुर देउवालाई पार्टी भित्र सम्मानजनक भाग र ओहोदा दिएको स्मरण गर्दै उनले ४१ प्रतिशत मत ल्याएको शेखर कोइरालालाई कोही हैन भन्ने व्यवहार अन्त्य गर्न चुनौती पनि दिए ।
‘उहाँहरूले यहीँ रवैया अपनाएर गए कांग्रेस पार्टीभित्र दुर्भाग्य हुन्छ । ०८४ अगाडी कांग्रेस दुर्घटनामा जान सक्छ‚’ उनले भने । उनले यसका विरुद्ध देशभर गएर कार्यक्रम गर्ने भन्दै पुस ५ गते धनगढीमा कार्यक्रम आयोजना गरिएको बताए ।
नेता शर्माले कोशी प्रदेशमा भएको भेला र प्रदेश सम्मेलन बहिस्कारको विषयमा जानकारी गराउँदै भने‚ ‘त्यहाँ एक किसिमले शेखर दाइलाई डोमिनेट गरेर निषेध गरेपछि हामीले सशक्त कुरा राख्यौँ । सभापतिज्यूले पछि कांग्रेस लोकतान्त्रिक दल हो विरोध गर्न बोल्न पाइन्छ भन्नुभयो ।’
सभापति देउवाको तारिफ गर्दै उनले देउवामा आफूले बिपी कोइरालाको आत्मा जीवित रहेको अनुभूति गरेको पनि बताए ।
‘बिपी कोइरालासँग काम गरेको शेरबहादुर दाइ हो । बिपी कोइरालाको आत्मा कहीँ न कहीँ शेरबहादुर देउवामा छ‚’ उनले भने‚ ‘उहाँको वरिपरि कोही मान्छे छन् जो चुनाव पनि जितेकै छैनन् । उनीहरूले बिगारेका हुन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा आर्सनललाई घाटा
-
ला लिगामा शीर्ष क्लब एटलेटिको मड्रिडलाई झट्का
-
प्रिमियर लिगमा लिभरपुललाई थप सफलता, नुनेजले ३ मिनेटमा गरे दुई गोल
-
राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले बोलायो केन्द्रीय समिति बैठक, के छन् एजेण्डा ?
-
अपाङ्ग संघले मनायो स्थापना दिवस
-
१२ बजे, १२ समाचार : कोशीका पूर्व मुख्यमन्त्री थापामाथि हातपातदेखि देउवा र ओलीबिच ‘डीप लभ’सम्म