असद सरकारमा यातना दिने अधिकारीहरूलाई कारबाही गर्ने विद्रोहीहरूको घोषणा
दमास्कस । सिरियाली विद्रोही समूह हयात तहरीर अल-शाम (एचटीएस) ले बशर अल-असदको शासनकालमा यातना दिने अधिकारीहरूलाई सजाय दिइने घोषणा गरेको छ। एचटीएसले यस्ता अधिकारीहरूको जानकारी दिनेलाई पुरस्कार दिने बताएको हो।
एचटीएस नेता अबु मोहम्मद अल जुलानीले अत्याचार गर्ने अधिकारीहरूको नाम सार्वजनिक गर्ने र अन्य देशहरूमा भागेकाहरूलाई फिर्ता ल्याउने प्रयास गर्ने बताए। यसैबिच, विद्रोही लडाकुले अस्पतालको शवगृहमा ४० जनाको शव फेला पारेका छन् । उनीहरूको शरीरमा यातनाका निशानहरू देखिन्छन् ।
यसैबिच सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले इजरायलले सिरियामा हवाई आक्रमण गरेको जनाएको छ । आइतबार, एचटीएसको नेतृत्वमा विद्रोही समूहहरूले दमास्कस कब्जा गरेका थिए। यसपछि विद्रोहीले सिरिया स्वतन्त्र भएको घोषणा गरेका थिए ।
यी सबैको बिचमा बसर अल-असद देशबाट भागेका थिए । रुसले उनलाई शरण दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण