गढीमाई मेला : ड्रोन र तालिम प्राप्त कुकुरबाट हुन्छ निगरानी
बिहीबार, २७ मङ्सिर २०८१, ११ : ५८
काठमाडौँ । बाराको गढीमाई मन्दिरमा लागिरहेको मेलामा पाँच सय सशस्त्र प्रहरी परिचालन गरिएको छ । उक्त मेलामा सशस्त्र प्रहरी बलको १२ नम्बर गण बाराबाट प्रहरी उपरीक्षक सन्तोषबहादुर सिंहको कमान्डमा टोली परिचालन गरिएको जनाइएको छ ।
साथै मेला सुरक्षा योजना अनुसार सशस्त्र प्रहरी नायव उपरीक्षक रविन सिलवालको कमान्डमा गढीमाई मन्दिर परिसरमा कमान्ड पोस्ट स्थापना गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

मेलामा २ वटा तालिम प्राप्त कुकुर समेत परिचालन गरिएको छ भने भीड व्यवस्थापन र निगरानी गर्न ड्रोनको समेत प्रयोग गरिएको छ । मेला परिसरमा रहेको पोखरीमा कुनै पनि घटना भएमा तत्कालै उद्धारका लागि २४ सै घण्टा तालिमप्राप्त टोली रबर बोटसहित तैनाथ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण