आफू अनुकूलको आर्थिक क्रियाकलाप गर्न चाहनेविरुद्ध १८ महिना सङ्घर्ष गर्नुपर्यो: प्रचण्ड
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू अनुकूलको आर्थिक क्रियाकलाप गर्न चाहनेविरुद्ध १८ महिना सङ्घर्ष गर्नुपरेको बताएका छन् ।
बिहीबार चितवनको भरतपुरमा नेपाल उद्योग व्यापार महासंघको तेस्रो साधारण सभा उद्घाटन कार्यक्रममा प्रचण्डले केही समूहले आर्थिक क्रियाकलाप सम्बन्धमा प्रधानमन्त्रीलाई डिक्टेट गर्न चाहेको भन्दै आफू त्यो स्वीकार गर्ने पक्षमा नरहेको स्मरण गरे ।
आफू १८ महिना प्रधानमन्त्री हुँदा सो समूहसँग लड्दै, सङ्घर्ष गर्दै टिकेकाले गर्व र खुसीको महसुस भएको प्रचण्डले बताए । त्यस्तै प्रचण्डले नेपालमा भएका कृषिमा आधारित उद्योगहरू स्थापना हुनुपर्नेमा भएका पनि बेचेर खाने प्रक्रिया सुरु भएपछि देश पराधीन हुन पुगेको धारणा राखे ।
अहिलेको अवस्थामा आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको उद्देश्यमा केन्द्रित रहेर उद्योगी तथा व्यवसायी अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।
प्रचण्डले उद्योग व्यापार बलियो भए देशको आर्थिक अवस्था बलियो हुनुका साथै स्वदेशमा नै रोजगार सिर्जना हुने भएकाले यसमा ध्यान केन्द्रित गर्न महासङ्घलाई सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
अतिरिक्त समयमा फेरि बराबरी: केप भर्डेले अर्जेन्टिनालाई पुनः झट्का दियो
-
अतिरिक्त समयमा अर्जेन्टिनाले अग्रता बनायो
-
केप भर्डेले साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा धकेल्यो
-
केप भर्डेले अर्जेन्टिनाविरुद्ध बराबरी गोल फर्कायो
-
पहिलो हाफमा मेस्सीको गोलले अर्जेन्टिना अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण