ललितको घातक बलिङसामु १ सय १ रनमा रोकियो काठमाडौँ
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को २१ औँ खेलमा काठमाडौँ गुर्खाजले जनकपुर बोल्ट्ससामु १ सय २ रनको लक्ष्य प्रस्तुत गरेको छ । ललित राजवंशीले घातक बलिङ गरेपछि काठमाडौँ १९.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय १ रन मात्र बनाउन सक्यो ।
राजवंशीले ४ ओभर बलिङ गर्दै ३ विकेट लिए । यसमध्ये दुई ओभर मेडन राखेका उनले मात्र ८ रन खर्चिए । शेर मल्ले पनि ३ विकेट लिए । मल्लले ३.३ ओभरमा मात्र ११ रन दिए ।
उनलाई मोहम्मद मोहसिनले राम्रो साथ दिए । मोहसिनले ४ ओभरमा २० रन खर्चिएर २ विकेट लिए ।
काठमाडौँका लागि जेरहार्ड इरास्मसले २० रनको योगदान दिए । उनले २२ बलमा २ चौका प्रहार गरे । ओपनर स्टेफन इस्किीनाजीले १९ बलमा १७ रन जोडे । उनले २ चौका प्रहार गरे ।
खेलको अन्त्यतिर कप्तान करन केसीले १३ बलमा १९ रन बनाए । उनले २ चौका र १ छक्का प्रहार गरे । अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
जनकपुर बोल्ट्स अङ्क तालिकाको दोस्रो स्थानमा रहेको छ । ५ खेलमध्ये एकमा हार बोहोरेको जनकपुरले ८ अङ्क बटुलेको छ । आजको खेल जिते टोलीले प्लेअफमा स्थान पक्का गर्नेछ ।
उता, काठमाडौँ गुर्खाजले ४ खेलमध्ये २ मा जित र २ मा पराजय भोगेको छ । टोली ४ अङ्कसहित पाँचौँ स्थानमा रहेको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यनारायणको बार आज कसलाई कति फलदायी ? हेर्नुहोस् राशिफल
-
आजदेखि पोखरामा दाइँ महोत्सव
-
घरेलु मैदानमा आर्सनललाई घाटा
-
ला लिगामा शीर्ष क्लब एटलेटिको मड्रिडलाई झट्का
-
प्रिमियर लिगमा लिभरपुललाई थप सफलता, नुनेजले ३ मिनेटमा गरे दुई गोल
-
राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले बोलायो केन्द्रीय समिति बैठक, के छन् एजेण्डा ?