पत्रकार महासंघ उदयपुरको अध्यक्षमा पोखरेल
शुक्रबार, २८ मङ्सिर २०८१, २० : ४२
उदयपुर । नेपाल पत्रकार महासंघ उदयपुर शाखाको अध्यक्षमा भक्ति विलास पोखरेल निर्वाचित भएका छन् । पोखरेलले ६० मत प्राप्त गरी विजयी हुँदा अध्यक्षका प्रत्याशी भोटराज राईले ४२ मत प्राप्त गरेको निर्वाचन संयोजक कौशल चेमजोङले जानकारी दिए ।
उनका अनुसार उपाध्यक्षमा विश्वराज तामाङ र महिला उपाध्यक्षमा रेनु पराजुली निर्विरोध निर्वाचित भएका छन् । सचिवमा तुलसीप्रसाद कोइराला, कोषाध्यक्षमा पुरुषोत्तम सापकोटा, सहसचिवमा देवराज राई निर्वाचित भएका छन् । साथै सदस्यहरूमा खेमराज दाहाल, अञ्जनी अधिकारी, शङ्कर रिखाम मगर निर्वाचित भएका छन् ।
एक सय १० मतदाता रहेको पत्रकार महासङ्घ उदयपुरमा आज भएको निर्वाचितमा एक सय चार मत खसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दैजी–लिप्ना सडक : सात वर्षमा पाँच किमी सडक कालोपत्र
-
समाजवादी प्रेस संगठनमा विशेष महाधिवेशन माग
-
भारतमा भएको रेल दुर्घटनाप्रति परराष्ट्रमन्त्री राणाद्वारा दुःख व्यक्त
-
पार्टी र नेताहरूको आलोचनाका सवाल
-
भृकुटीमण्डपमा पस्मिना प्रदर्शनी, १७ तस्बिरमा हेर्नुहोस्
-
पद थप्ने होमवर्कमा एमाले, विधान संशोधन गरेर वामदेवलाई वरिष्ठ उपाध्यक्ष !