अल्लु अर्जुन उच्च अदालतबाट धरौटीमा रिहा
शुक्रबार, २८ मङ्सिर २०८१, २१ : २०
![अल्लु अर्जुन उच्च अदालतबाट धरौटीमा रिहा](https://npcdn.ratopati.com/media/news/allu_WOiH1TD5r8.png)
हैदराबाद । ‘पुष्पा–२’ को प्रिमियरका क्रममा महिलाको ज्यान गएको मुद्दामा तेलंगाना उच्च अदालतले अभिनेता अल्लु अर्जुनलाई जमानत दिएको छ । यसअघि हैदराबाद अदालतले उनलाई १४ दिनको लागि न्यायिक हिरासतमा पठाएको थियो।
अभिनेतालाई शुक्रबार बिहान १२ बजे उनको घरबाट पक्राउ गरिएको हो । त्यसपछि ४ बजे उनलाई स्थानीय अदालतमा हाजिर गरिएको थियो, जहाँ उनलाई न्यायिक हिरासतमा पठाइएको थियो । त्यसपछि अभिनेताले उच्च अदालतमा पुनरावेदन गरे। उच्च अदालतले उनलाई ५ बजे धरौटीमा रिहा गरेको हो ।
अल्लुलाई डिसेम्बर ४ मा हैदराबादको सन्ध्या थिएटरमा जानकारी नदिई पुगेको आरोप लगाइएको छ । जसका कारण त्यहाँ भीड जम्मा भयो र भागदौड मच्चियो । घटनामा एक महिलाको मृत्यु भएको थियो भने धेरै मानिस घाइते भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के युक्रेनमा सम्भव छ कोरियाजस्तो युद्धविराम ?
-
अखिल क्रान्तिकारीको ३३ पदाधिकारीका लागि १५५ जनाको उम्मेदवारी
-
आगलागी बढ्न सक्नेतर्फ सचेत हुन आग्रह
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुहिरोले उडान प्रभावित गर्न सक्दैन : अर्थमन्त्री पौडेल
-
बीमा प्राधिकरणको अध्यक्षका लागि एक दर्जन आकांक्षी (नामावलीसहित)
-
वैदेशिक रोजगार विभागका महानिर्देशकका पाँच महिना : ७५ प्रतिशत बढीलाई क्षतिपूर्ति, बिचौलियालाई रोक