अल्लु अर्जुन उच्च अदालतबाट धरौटीमा रिहा
शुक्रबार, २८ मङ्सिर २०८१, २१ : २०
हैदराबाद । ‘पुष्पा–२’ को प्रिमियरका क्रममा महिलाको ज्यान गएको मुद्दामा तेलंगाना उच्च अदालतले अभिनेता अल्लु अर्जुनलाई जमानत दिएको छ । यसअघि हैदराबाद अदालतले उनलाई १४ दिनको लागि न्यायिक हिरासतमा पठाएको थियो।
अभिनेतालाई शुक्रबार बिहान १२ बजे उनको घरबाट पक्राउ गरिएको हो । त्यसपछि ४ बजे उनलाई स्थानीय अदालतमा हाजिर गरिएको थियो, जहाँ उनलाई न्यायिक हिरासतमा पठाइएको थियो । त्यसपछि अभिनेताले उच्च अदालतमा पुनरावेदन गरे। उच्च अदालतले उनलाई ५ बजे धरौटीमा रिहा गरेको हो ।
अल्लुलाई डिसेम्बर ४ मा हैदराबादको सन्ध्या थिएटरमा जानकारी नदिई पुगेको आरोप लगाइएको छ । जसका कारण त्यहाँ भीड जम्मा भयो र भागदौड मच्चियो । घटनामा एक महिलाको मृत्यु भएको थियो भने धेरै मानिस घाइते भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण