भन्सार ‘लुट’को विरुद्धमा वीरगञ्जमा आजपाको प्रदर्शन
शनिबार, २९ मङ्सिर २०८१, २२ : २७

काठमाडौँ । आम जनता पार्टीले भन्सारमा लुट भएको भन्दै त्यसको विरुद्धमा वीरगञ्जमा विशेष प्रदर्शन गरेको छ । पार्टीको भन्सार संघर्ष समितिकी संयोजक रञ्जुकुमारी साहको नेतृत्वमा भएको उक्त विरोध प्रदर्शनको र्याली छपकैयाबाट निकालेर वीरगञ्ज भन्सार कार्यालय घेराउ गरेर समापन गरिएको थियो ।
प्रदर्शनकारीहरुले ‘भन्सारको नाममा निजी सम्पत्ति लुट्ने काम बन्द गर, भन्सार कानुनमा रहेको कथित ४५ प्रतिशत पुरस्कारको प्रावधान खारेज गर, हामीसँग गरेको सम्झौता तुरुन्त कार्यान्वयन गर’ जस्ता नारा लगाएका थिए ।
आजपा विगत लामो समयदेखि भन्सारमा गलत कार्य भइरहेको भन्दै त्यसका विरुद्धमा सडक संघर्षमा छ । यसअघि उसले काठमाडौँ केन्द्रित आन्दोलन गरेको थियो । जसमा सरकारले आन्दोनलकारीसँग उनीहरुको माग पूरा गर्ने समझदारी गरेको थियो ।