भन्सार ‘लुट’को विरुद्धमा वीरगञ्जमा आजपाको प्रदर्शन
शनिबार, २९ मङ्सिर २०८१, २२ : २७
काठमाडौँ । आम जनता पार्टीले भन्सारमा लुट भएको भन्दै त्यसको विरुद्धमा वीरगञ्जमा विशेष प्रदर्शन गरेको छ । पार्टीको भन्सार संघर्ष समितिकी संयोजक रञ्जुकुमारी साहको नेतृत्वमा भएको उक्त विरोध प्रदर्शनको र्याली छपकैयाबाट निकालेर वीरगञ्ज भन्सार कार्यालय घेराउ गरेर समापन गरिएको थियो ।
प्रदर्शनकारीहरुले ‘भन्सारको नाममा निजी सम्पत्ति लुट्ने काम बन्द गर, भन्सार कानुनमा रहेको कथित ४५ प्रतिशत पुरस्कारको प्रावधान खारेज गर, हामीसँग गरेको सम्झौता तुरुन्त कार्यान्वयन गर’ जस्ता नारा लगाएका थिए ।
आजपा विगत लामो समयदेखि भन्सारमा गलत कार्य भइरहेको भन्दै त्यसका विरुद्धमा सडक संघर्षमा छ । यसअघि उसले काठमाडौँ केन्द्रित आन्दोलन गरेको थियो । जसमा सरकारले आन्दोनलकारीसँग उनीहरुको माग पूरा गर्ने समझदारी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण