नेपाल प्रिमियर लिग क्रिकेट
नेपाल प्रिमियर लिग : पोखराले पहिले बलिङ गर्ने
आइतबार, ३० मङ्सिर २०८१, १२ : ४७
काठमाडौँ । जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दोस्रो खेलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै छन् । खेल दिउँसो एक बजे त्रिभुवन विश्वविद्यालयको मैदान हुनेछ ।
खेलमा पोखराले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । पोखराको यो अन्तिम खेल हो । उसले हालसम्म दुई खेलमात्र जितेको छ ।
सुदूरपश्चिमको भने यो छैटौँ खेल हो । यो टोली चार खेलमा विजयी भएको छ । आठ अङ्क बटुलेको सुदूरपश्चिम अङ्क तालिकामा दोस्रो स्थानमा रहेको छ । शनिबार भएको जितसँगै चितवनले ८ अङ्क जोडेसँगै पोखरा र विराटनगर औपचारिक रूपमा प्लेअफको दौडबाट बाहिरिएका हुन् ।
सुदूरपश्चिमका लागि आजको खेल शीर्ष दुईमा पुग्नका लागि महत्त्वपूर्ण हुनेछ । यद्यपि टोलीले दुई खेल खेल्न बाँकी नै रहेकोले आजको खेल हारे पनि अन्तिम खेल जितेमा शीर्ष दुईमा स्थान पक्का हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सातापछि सगरमाथा आधार शिविर क्षेत्रबाट दावा शेर्पाको उद्धार, थप उपचारको लागि काठमाडौँ ल्याइयो (तस्बिरहरू)
-
अफगानिस्तानमा बारुदी सुरुङ विस्फोट : २ जना बालबालिकाको मृत्यु
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण