पोखरेल र बास्तोला माओवादी पार्टीमा छैनन्ः संयोजक अधिकारी
काठमाडौँ । नेकपा माओवादी केन्द्र चितवन जिल्ला संयोजक रामचन्द्र अधिकारीले एमालेमा प्रवेश गरेका अविरल पोखरेल र दिपेन्द्र बास्तोला आफ्नो पार्टीमा नरहेको दाबी गरेका छन् ।
उनले जारी गरेको विज्ञप्तिमा माओवादी पार्टीसँग आबद्ध नै नरहेका व्यक्तिहरू माओवादीको जिम्मेवार कमिटीको व्यक्ति भनि प्रचार गर्नु गैरराजनितिक भएको उल्लेख छ ।
पार्टी प्रवेश भनेर प्रचार गरिएको पात्र पोखरेलले विगत २ वर्ष अगाडिदेखि सामाजिक सञ्जालमा माओवादी र नेतृत्व विरुद्ध अमर्यादित र अराजनीतिक आरोप लगाउँदै पार्टी छोडेको भनेर घोषणा गरेको व्यक्ति भएको उनको जिकिर छ । पार्टी कमिटीमा २ बर्ष अगाडिदेखि नरहेको र पार्टी सदस्य समेत नवीकरण नगरेको व्यक्तिलाई अहिले आएर जिल्ला सदस्य भनि प्रचार गर्नु बिलकुलै गलत हुने अधिकारीको विज्ञप्तिमा उल्लेख छ ।
साथै बास्तोला पनि लामो समयदेखि पार्टीमा निस्कृय रहेको तथा पार्टी हित विपरीत बोल्न थालेपछि पार्टी सदस्य समेत नवीकरण नगरिएको व्यक्ति भएको अधिकारीको भनाइ छ।
केही दिनअघि एमालेले भने अविरल र बास्तोलालाई माओवादीले जिल्ला कमिटी सदस्यको रुपमा चिनाउँदै आफ्नो पार्टीमा स्वागत गरेको थियो । एमालेको यस्तो कार्यलाई माओवादीले भने गैरराजनितिक कार्य भएको प्रतिक्रिया दिँदै गम्भीर ध्यानाकर्षण भएको बताएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण