शौर्य अटोमोबाइल्सद्वारा नेपालमा 'जेएमईभी जीएसई इभी' सार्वजनिक
काठमाडौँ । शौर्य अटोमोबाइल्स प्रालिले नेपालमा जिआङ्सी जियाङलिङ ग्रुप इलेक्ट्रिक भेइकल कम्पनी लिमिटेड (JMEV) द्वारा निर्मित, GSE इभी सार्वजनिक गरेको छ। "सर्वाधिक मूल्यवान प्रिमियम सेडान" को रूपमा ख्याति कमाएको JMEV GSE ले अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन, र विलासितापूर्ण डिजाइनको संयोजन मार्फत दिगो गतिशीलतालाई पुनः परिभाषित गर्ने लक्ष्य राखेको विज्ञप्तिमार्फत जनाएको छ ।
सन् २०१५ मा स्थापना भएको JMEV चीनको उद्योग र सूचना प्रविधि मन्त्रालयबाट EV उत्पादन योग्यताको मान्यता प्राप्त गर्ने पहिलो कम्पनीहरूमध्ये एक हो। गाडीको ब्याट्री क्षमता: ४९ kWhऽ मोटर आउटपुट: ९९ kWऽ रेञ्ज: ४२० किमी (NEDC परीक्षण), ग्राउन्ड क्लियरन्स: >१७० मिमी रहेको कम्पनीको भनाइ छ ।
JMEV GSE को मूल्य अहिले ५३ लाख ९९ हजार रुपैयाँ रहेको छ भने ग्राहकहरूले यस गाडीको अनुभव लिन र टेस्ट ड्राइभ बुक गर्न शौर्य अटोमोबाइल्स शो-रुम दरबारमार्गमा सम्पर्क गर्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण