लम्बियो एकीकृत समाजवादीको बैठक
आइतबार, ३० मङ्सिर २०८१, १६ : १२

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी लम्बिएको छ ।
आइतबार वार्षिक कार्ययोजसहित नेताहरूको कार्यविभाजन गरेर बैठक सक्ने भनिएपनि नेताहरूले बोल्ने क्रम नसकिएकाले बैठक लम्बिन पुगेको हो ।
महासचिव घनश्याम भुसालले पेस गरेको ‘कार्ययोजना प्रस्ताव’माथि आइतबार बेदुराम भुसाल,रामकुमारी झाँक्री,विरोध खतिवडा, हरि पराजुली,शत्रुधन महतो र रामचन्द्र यादवले आआफ्नो धारणा राखेका छन् ।
धाराणा राख्न बाँकी बंशीधर मिश्र, श्रीप्रसाद साह, भरत श्रेष्ठ,प्रमेश हमाल,घनेन्द्र बस्नेत, घनश्याम भुसाल, माधव नेपाल र धर्मनाथ साह रहेको उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए ।
‘बोल्ने क्रम आज नसकिने भएकाले कार्यविभाजन भोलीको बैठकमा मात्र हुने भएको छ’, खतिवडाले रातोपाटीसँग भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, नयाँ मूल्य कति ?
-
बेलायती राजा नेपालको सहयोगका लागि प्रतिबद्ध : राजदूत घिमिरे
-
पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका कपाली निर्वाचित
-
डिभी लोटरीको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र उत्तराखण्डका मन्त्रीबिच भेटवार्ता
-
भारतले निर्माण गरिरहेको तटबन्ध रोक्न एमालेले गर्यो सरकारलाई आग्रह