मेहदी हसनको उत्कृष्ट प्रदर्शनसँगै वेस्ट इन्डिजमाथि बंगलादेशको रोमाञ्चक जित

काठमाडौँ । भ्रमणकारी टोली बंगलादेशले पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्ट इन्डिजमाथि सात रनको रोमाञ्चक जित हासिल गरेको छ । जितसँगै बंगलादेशले तीन खेलको शृङ्खलामा १–० को अग्रता पनि हासिल गरेको छ ।
किङ्सटनमा खेलिएको उक्त खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ४७ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको घरेलु टोली वेस्ट इन्डिजले १९.५ ओभरमा अलआउट हनुअघि एक सय ४० रनमात्र बनाउन सक्यो ।
पहिले ब्याटिङ गरेको बंगलादेशका लागि ओपनर सौम्य सरकारले ४३ रनको योगदान गरे । उनले केवल ३२ बलको सामना गरी तीन छक्का र दुई चौका पनि हिर्काए । जाकेर अलि र समिम होसैनले पनि २७–२७ रन बनाए ।
मेहदी हसनले पनि टोलीका लागि २६ रनको योगदान गरे । वेस्ट इन्डिजका बलर अकेल होसैन र ओबेड म्याकोयले दुई–दुई विकेट लिए । रोस्टन चेज र रोमारियो सेफर्डले पनि एक–एक विकेट हात पारे ।
जवाफी ब्याटिङ गरेको वेस्ट इन्डिजका लागि कप्तान रोभपन पोवेलले उत्कृष्ट अर्धशतकीय पाली खेले पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । पोवेलले टोलीका लागि ६० रनको योगदान गरेका थिए । उनले केवल ३५ बलको सामना गरी चार छक्का र पाँच चौका पनि हिर्काए ।
रोमारियो सेफर्डले पनि टोलीको खातामा २२ रन थपेका थिए । ओपनर जोन्सन चार्लिसले २० रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । बंगलादेशका बलर मेहदी हसनले चार विकेट लिए ।
हसन महमुद र तास्किन अहमदले पनि दुई–दुई विकेट हात पारे । तान्जिम हसन सकिब र रिसाद होसैनले पनि एक–एक विकेट लिए । मेहदी हसन प्लेयर अफ दि म्याच घोषित भए । दोस्रो खेल बुधबार खेलिने छ ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्ज नाकाबाट पाँच खर्ब छ अर्बको आयात, ७९ अर्ब निर्यात
-
अनलाइनबाट नागरिकताको सिफारिस दिँदै सिमकोट गाउँपालिका
-
धनगढी उपमहानगरद्वारा विषादी प्रयोग गरिएका आँप नष्ट
-
पश्चिमी, स्थानीय र मनसुनी वायुको प्रभाव : आज यी प्रदेशमा हुनेछ वर्षा
-
बिजुली र सिँचाइ सेवामा सुधार गर्न विश्व बैंकको सहयोग
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची