मेहदी हसनको उत्कृष्ट प्रदर्शनसँगै वेस्ट इन्डिजमाथि बंगलादेशको रोमाञ्चक जित
काठमाडौँ । भ्रमणकारी टोली बंगलादेशले पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्ट इन्डिजमाथि सात रनको रोमाञ्चक जित हासिल गरेको छ । जितसँगै बंगलादेशले तीन खेलको शृङ्खलामा १–० को अग्रता पनि हासिल गरेको छ ।
किङ्सटनमा खेलिएको उक्त खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ४७ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको घरेलु टोली वेस्ट इन्डिजले १९.५ ओभरमा अलआउट हनुअघि एक सय ४० रनमात्र बनाउन सक्यो ।
पहिले ब्याटिङ गरेको बंगलादेशका लागि ओपनर सौम्य सरकारले ४३ रनको योगदान गरे । उनले केवल ३२ बलको सामना गरी तीन छक्का र दुई चौका पनि हिर्काए । जाकेर अलि र समिम होसैनले पनि २७–२७ रन बनाए ।
मेहदी हसनले पनि टोलीका लागि २६ रनको योगदान गरे । वेस्ट इन्डिजका बलर अकेल होसैन र ओबेड म्याकोयले दुई–दुई विकेट लिए । रोस्टन चेज र रोमारियो सेफर्डले पनि एक–एक विकेट हात पारे ।
जवाफी ब्याटिङ गरेको वेस्ट इन्डिजका लागि कप्तान रोभपन पोवेलले उत्कृष्ट अर्धशतकीय पाली खेले पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । पोवेलले टोलीका लागि ६० रनको योगदान गरेका थिए । उनले केवल ३५ बलको सामना गरी चार छक्का र पाँच चौका पनि हिर्काए ।
रोमारियो सेफर्डले पनि टोलीको खातामा २२ रन थपेका थिए । ओपनर जोन्सन चार्लिसले २० रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । बंगलादेशका बलर मेहदी हसनले चार विकेट लिए ।
हसन महमुद र तास्किन अहमदले पनि दुई–दुई विकेट हात पारे । तान्जिम हसन सकिब र रिसाद होसैनले पनि एक–एक विकेट लिए । मेहदी हसन प्लेयर अफ दि म्याच घोषित भए । दोस्रो खेल बुधबार खेलिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण