राज्यले गरेको अनुसन्धानलाई प्रभावित गर्ने काम उचित होइन : सञ्चारमन्त्री
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राज्यले गरेको अनुसन्धानलाई प्रभावित गर्ने काम उचित नभएको बताएका छन् ।
दि राइजिङ नेपालको ५९ औँ वार्षिकोत्सवको अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा सञ्चारमन्त्री गुरुङले सहकारी प्रकरणमा रवि लामिछानेमाथि अनुसन्धान भइरहँदा राजनीतिक दलबाट वक्तव्य जारी गर्ने र सडकमा आन्दोलन गर्ने प्रवृत्तिले अनुसन्धानलाई प्रभावित गर्ने देखिएको बताएका हुन् ।
न्यायालयमा गइसकेको विषयमा त्यसले गर्ने निर्णयलाई सबैले मान्नुपर्ने उनले बताए । गुरुङले सरकारको ध्यान सुशासन तथा राजनीतिक स्थायित्व प्रदान गर्नेमा केन्द्रित रहेको उल्लेख गरे ।
गुरुङले अहिले संविधान र व्यवस्थामाथि भइरहेको हमलाको यथोचित जवाफ सरकारले दिइरहेको धारणा राखे ।
गुरुङले मुलुकमा दिगो स्थायित्व कायम गर्न सके मात्रै दिगो विकास सम्भव रहेको बताउँदै सरकारी सञ्चारमाध्यमलाई बलियो र प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण