राज्यले गरेको अनुसन्धानलाई प्रभावित गर्ने काम उचित होइन : सञ्चारमन्त्री
_VgupS2mDZw.jpg)
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राज्यले गरेको अनुसन्धानलाई प्रभावित गर्ने काम उचित नभएको बताएका छन् ।
दि राइजिङ नेपालको ५९ औँ वार्षिकोत्सवको अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा सञ्चारमन्त्री गुरुङले सहकारी प्रकरणमा रवि लामिछानेमाथि अनुसन्धान भइरहँदा राजनीतिक दलबाट वक्तव्य जारी गर्ने र सडकमा आन्दोलन गर्ने प्रवृत्तिले अनुसन्धानलाई प्रभावित गर्ने देखिएको बताएका हुन् ।
न्यायालयमा गइसकेको विषयमा त्यसले गर्ने निर्णयलाई सबैले मान्नुपर्ने उनले बताए । गुरुङले सरकारको ध्यान सुशासन तथा राजनीतिक स्थायित्व प्रदान गर्नेमा केन्द्रित रहेको उल्लेख गरे ।
गुरुङले अहिले संविधान र व्यवस्थामाथि भइरहेको हमलाको यथोचित जवाफ सरकारले दिइरहेको धारणा राखे ।
गुरुङले मुलुकमा दिगो स्थायित्व कायम गर्न सके मात्रै दिगो विकास सम्भव रहेको बताउँदै सरकारी सञ्चारमाध्यमलाई बलियो र प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता