मस्कले साँच्चै दिन लागेका हुन् २ करोड डलर क्रिप्टो दान ?
वासिङटन डीसी । अमेरिकी खर्बपति व्यापारी एलन मस्कले २ करोड डलर बराबरको क्रिप्टोकरेन्सी दान दिने दाबी गरेको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यसले अनलाइनमा द्विविधा त उत्पन्न गरेको छ नै चिन्ता पनि बढाएको छ ।
मस्क विश्वका सबैभन्दा धनी व्यक्ति हुन् । यो भिडियो सक्कली होइन । डिपफेक प्रविधिबाट बनाएको भिडियो हो ।
के हो कुरा ?
भाइरल भइरहेको मस्कको यो भिडियो डिपफेकबाट बनाइएको भिडियो हो । ‘यो सबैका लागि सरप्राइज हो । म २ करोड डलर बराबरको क्रिप्टो बाँड्दै छु । यो अभियान डिसेम्बर १३ देखि एक हप्तासम्म चल्ने छ । के म गम्भीर छु ? हो एलन ४ यूकम मा जानुहोस् । यो मात्रै केही मिनेटको काम हो ।’ भिडियोमा मस्कले भनिरहेको सुनिन्छ ।
तर यो भिडियो पूर्णतया झुठो हो र एआईको सहयोगमा बनाइएको हो । भिडियो झुटो भएकोे र यो स्क्याममा नफस्न एक्समा एउटा पोष्टमा मस्कको टिमले चेतावनी दिएको छ । यस्तो खालको दानमा मस्क र उनको कम्पनी कोही पनि संलग्न नभएको पनि भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण