नेपालको जलविद्युतमा लगानीका लागि कोरियन लगानीकर्तालाई इप्पानको आग्रह
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले दक्षिण कोरियाली लगानीकर्ताहरूलाई नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् ।
दक्षिण कोरियामा आयोजित 'नेपाल इन्भेष्टर सेमिनार'लाई सम्बोधन गर्दै अध्यक्ष कार्कीले नेपालमा लगानीमैत्री वातावरण बन्दै गएको र नेपालको कन्ट्री रेटिङसमेत दक्षिण एसियामा भारत बाहेक सबैभन्दा राम्रो रहेकोले ढुक्कसँग लगानी गरी सहज र सुरक्षित प्रतिफल लिन आग्रह गरेका हुन् ।
नेपालको जलविद्युत क्षेत्रमा कोरियन लगानीमा २१६ मेगावाटको माथिल्लो त्रिशूली १ जलविद्युत आयोजनाको निर्माण अघि बढाएकोमा धन्यवाद दिँदै अध्यक्ष कार्कीले ऊर्जा उत्पादनको ठुलो सम्भावनालाई साकार पार्न कोरियाबाट धेरै ठुलो लगानीको अपेक्षा गरेको बताए ।
कोरियामा बसेका नेपालीहरूले समेत नेपालको ऊर्जा क्षेत्रमा प्रवर्द्धक तथा साधारण शेयर होल्डर भएर लगानी गरेको स्मरण गर्दै कार्कीले राष्ट्र र व्यक्तिगत फाइदाका लागि समेत कोरियामा बस्ने नेपालीबाट थप लगानीका लागि आग्रह गरेका छन् ।
हाल नेपालको जलविद्युतको जडित क्षमता २०० आयोजनाबाट ३२ सय मेगावाट पुगेकोमा झण्डै ८० प्रतिशत अर्थात् २६ सय मेगावाट निजी क्षेत्रबाट उत्पादन भइरहेको छ । ४ हजार मेगावाट निर्माणाधीन र त्यतिनै क्षमताका आयोजना वित्तीय व्यवस्थापनको पर्खाइमा रहेको, १० हजार मेगावाट क्षमताका आयोजना विद्युत् खरिद विक्री सम्झौता (पीपीए) को पर्खाइमा रहेको र २८ हजार मेगावाट क्षमताका आयोजना विभिन्न चरणमा रहेको कार्कीले बताए । यी आयोजनाको क्षमताले नेपाल विश्वबजारमा क्लिन इनर्जीको हबको रूपमा स्थापित हुने पनि उनको भनाइ छ ।
६ हजार साना ठुला नदीनालाबाट २ लाख मेगावाट जलविद्युत उत्पादनको सम्भावना रहेको कार्कीले बताए । 'विदेशी लगानी विशेषगरी कोरियन लगानीका लागि नेपालमा धेरै ठुलो अवसर छ । नेपालको क्षत्रीय बजारमा भइरहेको विद्युत् व्यापारले क्षेत्रीय ऊर्जा सहकार्यलाई दर्शाइरहेको छ । यसले नेपाल एसियामा ठुलो ऊर्जा निर्यातकर्ता मुलुक बन्न सक्ने देखाउँछ,' कार्कीले भने ।
सन २०३५ सम्म नेपालले २८ हजार ५०० मेगावाट विद्युत् उत्पादनको लक्ष्य लिएकोमा १५ हजार मेगावाट निर्यात गर्ने र १३ हजार ५०० मेगावाट६ आन्तरिक खपत गर्ने लक्ष्य लिएको छ । यसका लागि नेपाललाई ५० बिलियन डलर उत्पादनमा र ८ बिलियन डलर प्रसारण र वितरण संरचना निर्माणमा लगानी चाहिने कार्कीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण