एकीकृत समाजवादीले तत्काल कुनै पार्टीसँग एकता नगर्ने
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीको बैठकले तत्काल कुनैपनि कम्युनिष्ट पार्टीसँग एकता नगर्ने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा मंसिर २६ गतेदेखि जारी बैठकबाट यस्तो निष्कर्षमा पुगेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।
प्रवक्ता खतिवडाले राष्ट्रिय ऐजेण्डाहरुमा सहकार्यको सम्भावना सधैँ जीवित रहेपनि पार्टी एकताको सम्भावना नरहेको बताए । उनले राष्ट्रिय एजेण्डाहरुमा सहकार्य गर्नको लागि पार्टी सधैँ तयार रहेको समेत बताए ।
प्रवक्ता खतिवडाले बैठक अगामी निर्वाचनहरूमा एकीकृत समाजवादीलाई सशक्त प्रतिस्पर्धी पार्टीको रूपमा उभ्याउने र कलम चिन्हका उम्मेदवारहरूलाई देशभरि स्थापित गर्नेबारे केन्द्रित रहेको बताए ।
उनले भने, ‘आगामी निर्वाचनहरूमा नेकपा एकीकृत समाजवादीलाई सशक्त प्रतिस्पर्धी पार्टीको रूपमा उभ्याउने र कलम चिन्हका उम्मेदवारहरूलाई देशभर स्थापित गर्नेबारे छलफल केन्द्रित छ । हालको अवस्थामा अन्य कुनैपनि कम्युनिष्ट पार्टीहरूसँग एकीकरण गर्ने अथवा पार्टी एकता गर्ने आजको सम्भावना नरहेको तर सहकार्यको सम्भावना सधैँ जीवितै रहेको हुँदा विभिन्न राष्ट्रिय एजेण्डाहरुमा सहकार्य गर्न तयार छौँ । तर पार्टी एकताको नाममा कुनै पार्टीसँग एकीकरण गर्ने सम्भावना नरहेको पार्टीको धारणा छ ।’
प्रवक्ता खतिवडाले भोलि बस्ने बैठकमा नेताहरूको जिम्मेवारी तोक्ने र पार्टीको सुदृढीकरण, आगामी निर्वाचनको तयारी, राजनीतिक तथा भूराजनीतिक चुनौतीलगायतका विषयबारे निर्णय सार्वजनिक गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण