बक्स अफिसमा 'पुष्पा-२' को आँधी, कति पुग्यो कलेक्सन ?
नयाँ दिल्ली । दक्षिण भारतीय स्टार र अल्लु अर्जुनको फिल्म पुष्पा २ ले बक्स अफिसमा कमाइको आँधी नै ल्याएको छ । फिल्मले धमाधम रेकर्डतोड कमाई गरिरहेको छ । रिलिजको दोस्रो सप्ताहन्तसम्म फिल्मले विश्वभरमा १४०० करोड भारुभन्दा धेरै कमाएको छ । फिल्मको विशेष शोका क्रममा भएको घटनाको मामिलामा अल्लु पक्राउ परेपछि फिल्मको कमाई प्रभावित हुने बताइएको थियो । तर ट्रेड एक्सपर्टहरूले भने अरु नै कुरा बताइरहेका छन् ।
१३ डिसेम्बरमा सन्ध्या थिएटरमा फिल्मको विशेष प्रिमियरमा भागदौडको क्रममा एक महिलाको मृत्यु भएको थियो भने महिलाको नाबालक छोरा आईसीयूमा पुगेका छन् । यस घटनाका कारण फिल्मको कमाई घट्ने अनुमान गरिएको थियो । तर आँकडा यसको ठिक उल्टो आएको छ । अल्लु पक्राउ पर्नु अनि उनको रिहाइपछि आएको नयाँ आकडाले यो घटनाले फिल्मले झनै फाइदा पाएको देखाएको छ ।
अल्लु सप्ताहन्तमा पक्राउ परेका थिए । उनी समातिएको खबरले फिल्मको प्रचार प्रसारमा झनै सघायो । विवाद भएपनि यसले फिल्मप्रति दर्शकको भावनामा कुनै असर नपुर्याएको विज्ञहरू बताउँछन् । अल्लु उक्त घटनाका लागि प्रत्यक्ष रुपमा जिम्मेवार नभएपछि मृतकको परिवारलाई क्षतिपूर्ति दिने उनको निर्णयले उनीप्रति सहानुभूति राख्नेको संख्या बढाइदियो । घटनाका कारण फिल्मको कलेक्सन घटेन बरु उल्टै शानदार रह्यो ।
सोमबार ११ दिनमा भारतमा फिल्मले ७६ करोड ६० लाख भारु कमाएको थियो । योसँगै फिल्मको कमाई ९०२ करोड १० लाख भारु पुगेको छ । विदेशमा फिल्मको ११ दिनमा १४०० करोड भारु नाघेको फिल्मका मकरहरूले बताएका छन् । फिल्म छिट्टै १५०० करोड पार गर्ने क्रममा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण