संगठन विभागमा बेदुराम, प्रकाशको भागमा प्रचार
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले नेताहरूको कार्यविभाजनमा अझै सहमति जुटाउन सकेको छैन । सहमति जुटाउन नसकेकाले मंगलबारको स्थायी कमिटीमार्फत सार्वजनिक गर्ने भनिएको कार्यविभाजन दुई दिनपछि मात्र सार्वजनिक गर्नेगरी बैठक सकिएको छ ।
स्रोतका अनुसार संगठन विभागको नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, नेताहरू बेदुराम भुसाल र घनश्याम भुसालको दाबी रहेपनि बेदुराम भुसालका नाममा सहमति जुटेको छ ।
‘बेदुराम भुसालले संगठन विभाग र प्रकाश ज्वालाले प्रचार विभाग पाउने निश्चित भयो । त्यसबाहेकमा सहमति जुटाउने क्रम जारी छ’, एकीकृत समाजवादीका एक पदाधिकारीले भने,‘विदेश विभागलगायत अन्य विभागबारे छलफल चलिरहेको छ ।’
मंगलबारको स्थायी कमिटी बैठकपछि उपाध्यक्ष जगन्नाथ खतिवडाले एक दुई दिनभित्र कार्यविभाजन टुंग्याउने जानकारी दिएका हुन् ।
त्यसैगरी विदेश विभागमा प्रमेश हमाल र स्कुल विभागमा झलनाथ खनालको पनि लगभग सहमति जुटेको नेताहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण