फर्किएका आप्रवासी श्रमिकहरूको पुनः एकीकरणका लागि सचेतना अभियान
काठमाडौँ । वैदेशिक रोजगारीबाट फर्केका श्रमिकहरूको पुनः एकीकरणका लागि सचेतना अभियान गरिएको छ । मलेसियामा इथिकल रिक्युटमेन्ट गर्दै आएको आकर्षण इन्टरनेशनले अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसर पारेर पुनः एकीकरणका लागि सचेतना अभियान गरेको हो ।
सुरक्षित आप्रवासनको आधार, सूचना र सीपसहितको रोजगार भन्ने नाराका साथ आज विश्वभर आप्रवासन दिवस मनाइँदैछ । दिवसको अवसरमा सरकारी तथा गैरसरकारी र निजी क्षेत्रबाट समेत विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।
विगत लामो समयदेखि मलेसियामा शून्य लागतमा कामदार पठाउँदै आएको आकर्षणले सचेतनाका विभिन्न कार्यक्रमहरू समेत सञ्चालन गर्दै आएको छ । वैदेशिक रोजगारीमा गएर फर्किएका श्रमिकहरूलाई पुनः एकीकरण गर्दै विभिन्न सीपमूलक कार्यमा लगाउने योजना सरकारको छ ।
उनीहरूले विदेशमा सिकेको सीप र आर्जन गरेको पैसाले नेपालमै रोजगारीका अवसर सिर्जना गराउने उद्देश्यले सरकारले पुनः एकीकरण कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजासहितको प्रजातन्त्र' को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण