फर्किएका आप्रवासी श्रमिकहरूको पुनः एकीकरणका लागि सचेतना अभियान

काठमाडौँ । वैदेशिक रोजगारीबाट फर्केका श्रमिकहरूको पुनः एकीकरणका लागि सचेतना अभियान गरिएको छ । मलेसियामा इथिकल रिक्युटमेन्ट गर्दै आएको आकर्षण इन्टरनेशनले अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसर पारेर पुनः एकीकरणका लागि सचेतना अभियान गरेको हो ।
सुरक्षित आप्रवासनको आधार, सूचना र सीपसहितको रोजगार भन्ने नाराका साथ आज विश्वभर आप्रवासन दिवस मनाइँदैछ । दिवसको अवसरमा सरकारी तथा गैरसरकारी र निजी क्षेत्रबाट समेत विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।
विगत लामो समयदेखि मलेसियामा शून्य लागतमा कामदार पठाउँदै आएको आकर्षणले सचेतनाका विभिन्न कार्यक्रमहरू समेत सञ्चालन गर्दै आएको छ । वैदेशिक रोजगारीमा गएर फर्किएका श्रमिकहरूलाई पुनः एकीकरण गर्दै विभिन्न सीपमूलक कार्यमा लगाउने योजना सरकारको छ ।
उनीहरूले विदेशमा सिकेको सीप र आर्जन गरेको पैसाले नेपालमै रोजगारीका अवसर सिर्जना गराउने उद्देश्यले सरकारले पुनः एकीकरण कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १२ को परीक्षाबारे निर्णय गर्न आज बोर्ड बैठक बस्ने
-
वडा सदस्य महतोको लोभलाग्दो मेवाखेती
-
समस्याग्रस्त सहकारीको व्यवस्थापन गर्न बनेको समिति नै समस्यामा
-
अमेरिकामा पनि भव्यताका साथ मनाइयो बिस्का जात्रा (तस्बिरहरू)
-
लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र
-
गण्डकीका योजनामा व्यक्तिस्वार्थ चर्को, छुट्याउन सरकारलाई सकस