रास्वपालक्षित शंकर पोखरेलको टिप्पणी : अति सर्वत्र वर्जयेत्

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सोसल मिडियाको स्टन्ट र प्रपोगण्डाबाट राजनीतिमा उदाएकाहरू त्यसैको दुरुपयोगबाट विस्थापित हुने बाटोमा अग्रसर भएको टिप्पणी गरेका छन् । महासचिव पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् ।
‘सोसल मिडियाको स्टन्ट र प्रपोगण्डाबाट राजनीतिमा उद्याएकाहरू त्यसकै चरम दुरुपयोगबाट विस्थापित हुने बाटोमा अग्रसर देखिन्छन् । अति सर्वत्र वर्जयेत्’, महासचिव पोखरेलले बिहीबार बिहान सामाजिक सञ्जालमा लेखेका छन् ।
रास्वपा कार्यकर्ताहरूले पार्टी सभापति रवि लामिछानेको हिरासतमा सुतेको तस्बिर सार्वजनिक गरेका थिए । सोही तस्बिरलाई लिएर सामाजिक सञ्जालमा बहस भइरहेको छ । लामिछानेको उक्त तस्बिर रास्वपा समर्थक डा निकोलस भुसालले पोखरास्थित प्रहरी हिरासतमा पुगेर खिचेको स्वीकार गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
आशाको सञ्चार गराउनु मिडियाको प्रमुख दायित्व हो : अध्यक्ष बस्नेत
-
आईपीएल : प्रभसिमरनको शानदार ब्याटिङ, लखनउसामु २ सय ३७ रनको लक्ष्य
-
‘ऊनको स्वीटर’ वर्षौंसम्म सम्झिने चलचित्र बनेको छ : अभिनेता विपिन कार्की
-
कारको ठक्करबाट मोटरसाइकलमा सवार बुबाछोरीको मृत्यु
-
कुमाल गाउँका ८० जनाले सिके पाउदुरे नाच
-
“भ्रष्टाचार विरुद्धका कविता” पुस्तक लोकार्पण, ४ लाख नगद सहित सर्जकलाई सम्मान