बारामा कारभित्र बेवारिसे शव फेला
बारा । बारामा शनिबार बिहान एक पुरुषको शव फेला परेको छ । जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–११ स्थित सडकखण्डको छेउमा शव फेला परेको बारा प्रहरीले जनाएको छ ।
अमाडार सडक खण्डको बाटोको साइडमा रोकी राखिएको कारभित्र पुरुषको शव फेला परेको बारा प्रहरी प्रमुख एसपी महेन्द्र खड्काले बताए । उनका अनुसार शनिवार उक्त शव फेला परेको हो । टाउको पछाडि चोट लागेको जस्तो देखिएकोले हत्या गरिएको प्रहरीको अनुमान छ ।
एसपी खडकाले भने, ‘तर हत्या हो वा होइन त्यसबारे यकिन गर्नका लागि बरामद पोष्टमार्टम गराउँदै छौंं, त्यहाँबाट यसको विस्तृत विवरण खुल्नेछ । त्यसपछि हामी यसको बारेमा भन्नेछौं ।’ यद्यपी, घटनाको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयबाट ‘स्पेसल डग’ मगाउन लागिएको उनले बताए । उनले भने, ‘डगको मद्दतले हामी अनुसन्धानमा गर्छौ, उसबाट धेरै कुरा खुल्छ । त्यही भएर अहिले खुलेर हत्या वा के हो त्यो बारेमा बोल्न मिल्दैन ।’
बागमती नम्बरको ०१–०२८–च–७६१६ नम्बरको कारबाट उक्त शव फेला परेको बारा प्रहरी प्रमुख खड्काले बताए । बरामद शव पोष्टमार्टमका लागि नजिकको अस्पतालमा लैजाने तयारी भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण