बारामा कारभित्र बेवारिसे शव फेला

बारा । बारामा शनिबार बिहान एक पुरुषको शव फेला परेको छ । जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–११ स्थित सडकखण्डको छेउमा शव फेला परेको बारा प्रहरीले जनाएको छ ।
अमाडार सडक खण्डको बाटोको साइडमा रोकी राखिएको कारभित्र पुरुषको शव फेला परेको बारा प्रहरी प्रमुख एसपी महेन्द्र खड्काले बताए । उनका अनुसार शनिवार उक्त शव फेला परेको हो । टाउको पछाडि चोट लागेको जस्तो देखिएकोले हत्या गरिएको प्रहरीको अनुमान छ ।
एसपी खडकाले भने, ‘तर हत्या हो वा होइन त्यसबारे यकिन गर्नका लागि बरामद पोष्टमार्टम गराउँदै छौंं, त्यहाँबाट यसको विस्तृत विवरण खुल्नेछ । त्यसपछि हामी यसको बारेमा भन्नेछौं ।’ यद्यपी, घटनाको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयबाट ‘स्पेसल डग’ मगाउन लागिएको उनले बताए । उनले भने, ‘डगको मद्दतले हामी अनुसन्धानमा गर्छौ, उसबाट धेरै कुरा खुल्छ । त्यही भएर अहिले खुलेर हत्या वा के हो त्यो बारेमा बोल्न मिल्दैन ।’
बागमती नम्बरको ०१–०२८–च–७६१६ नम्बरको कारबाट उक्त शव फेला परेको बारा प्रहरी प्रमुख खड्काले बताए । बरामद शव पोष्टमार्टमका लागि नजिकको अस्पतालमा लैजाने तयारी भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठ दाउराका लागि मात्रै भेला र साधारणसभा नगर्नुहोस् : प्रमुख संरक्षण अधिकृत
-
प्रधानन्यायाधीश नेतृत्वको टोलीद्वारा बेलायतमा भेटघाट
-
भरतपुर अस्पतालमा ‘एमबिबीएस’ कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरेका छौँ : मन्त्री पौडेल
-
ट्याक्टरले ठक्कर दिँदा जन्ती गइरहेकी एक महिलाको मृत्यु, एक घाइते
-
बालाजुस्थित करिडोर सडक डुबानमा (तस्बिरहरु)
-
१० बजे १० समाचार : दुई घण्टासम्म ओली–देउवा वार्ता, एमाले महासचिवको प्रस्तावलाई ओलीले गरे अस्वीकार