एआईबाट भिडियो बनाएर गायिका समीक्षा अधिकारीको चरित्रहत्या
काठमाडौँ । समीक्षा अधिकारी पछिल्लो समयकी व्यस्त गायिका हुन् । मेला, महोत्सवदेखि विदेशसम्मका कार्यक्रममा उनको उच्च माग छ । अघिल्लो सातामात्रै उनी बहराइनमा आफ्नो प्रस्तुती दिएर स्वदेश फर्किइन् भने स्वदेश फर्किएलगत्तै शुक्रबार बुटवल पुगिन् ।
उनी बुटवलमा आयोजित एक मेलामा प्रस्तुतिका लागि त्यहाँ पुगेकी हुन् । विभिन्न अप्ठ्यारा परिस्थितिलाई पार गर्दै अघि बढिरहेकी समीक्षाको चरित्रहत्या हुने गरी सामाजिक सञ्जालमा भिडियो भाइरल गराइएको पाइएको छ ।
जुन भिडियो वास्तविक नभएर एआईको प्रयोग गरेर बनाइएको हो । यसबारे जानकारी पाएपछि शनिबार समीक्षाले आपत्ति जनाउँदै साइबर ब्युरोमा उजुरी दिने बताएकी छन् ।
उनले भनेकी छन्- ‘एआई प्रयोग गरी मेरो चरित्रहत्या हुने भिडियो बनाएर भाईरल गरिएको देखें। यत्तिकै सिर्जनशीलता र समय राम्रो काममा खर्चिएको भए तपाईंहरु ९जसले भिडियो बनाए०को वर्तमान र भविष्य उज्जवल हुनेथियो। मैले पनि कानुनी उपचार खोज्नुपर्ने थिएन। साइबर ब्युरो जाँदैछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण