नेपाल प्रिमियर लिग
एनपीएल फाइनल : सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने
शनिबार, ०६ पुस २०८१, १२ : ०२
काठमाडौँ । नेपाल प्रिमियर लिगको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ । टस जितेर कप्तान दीपेन्द्र सिंह ऐरीले पहिले ब्याटिङ रोजेका हुन् ।
टसका क्रममा बोल्दै ऐरीले पिच ब्याटिङका लागि राम्रो हुने अनुमान गरे । उनले १६० रनसम्म रन बनाउने आफूहरुको लक्ष्य रहेको पनि जानकारी दिए ।
त्यस्तै, जनकपुर बोल्ट्सका कप्तान आसिफ शेखले आफूहरुले टस जितेको भए, ब्याटिङ नै रोज्ने बताए । उनले १७० रनभन्दा कमको स्कोर पछ्याउन सकिने आत्मविश्वास पनि जनाए । आजको खेल रोमाञ्चक हुने उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण