नेपाल प्रिमियर लिग
१० ओभरको अन्त्यमा जनकपुरले बनायो १ सय ५ रन
शनिबार, ०६ पुस २०८१, १५ : ०६

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सविरुद्ध दोस्रो ब्याटिङ गरिरहेको छ । १० ओभरको अन्त्यमा टोलीले २ विकेटको क्षतिमा १ सय ५ रन बनाएको छ ।
जनकपुरका लागि लाहिरु मिलान्थाले ५७ रन बनाएर खेलिरहेका छन् । यसअघि आसिफ शेखले ३३ रन बनाएर आउट भए ।
सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्स सामु जितका लागि १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८४ रन बनाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेशमको गिरफ्तारी : थारू–मधेशी मिलनमाथि षडयन्त्र ?
-
प्रचण्डबिनै सिंहदरबारमा ओली र देउवाबिच भेटवार्ता
-
रातो मच्छिन्द्रनाथ रथ जात्रा सुरू (तस्बिरहरू)
-
आगामी नीति तथा कार्यक्रम कस्तो आउनुपर्छ ?
-
श्री ५ हटेपनि नेताहरूको कार्यशैली श्री ३ को जस्तो भयो : डा. बाबुराम भट्टराई
-
विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु