चम्पावती हाइड्रोपावर लिमिटेडकाे सार्वजनिक सेयर निष्कासन हुने
काठमाडौँ । चम्पावती हाइड्रोपावर लिमिटेडले सार्वजनिक सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको काठमाडौँमा भएको १५औँ वार्षिक साधारणसभामा साेबारे जानकारी दिइएको हो ।
कम्पनीका अध्यक्ष डा. हरिराम पराजुलीको अध्यक्षतामा सम्पन्न भएको साधारणसभाले कम्पनीको आ.व. ८०/ ८१ को वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन पास गरेको छ ।
त्यस्तै यसअगाडि ११ जनाको सञ्चालक समिति रहने प्रावधान रहेकोमा साधारणसभाले सो प्रावधान परिमार्जन गरि ११ जनाको सञ्चालक समिति हुने निर्णय गरेको छ ।
सो कम्पनीले गोरखा जिल्लाको सिरानचोक गाउँपालिका र लमजुङ जिल्लाको दुधपोखरी गाउँपालिकाको सिमानामा पर्ने चेपे खोलामा ७ मेगावाट क्षमताको चेपे ए जलविद्युत आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ ।
१ अर्ब ३२ करोड ६० लाखको लगानीमा आयोजना निर्माण सम्पन्न भएको साधारणभाको अवसरमा जानकारी दिइएको छ ।
कम्पनीमा २११ जना संस्थापक सेयरधनी रहेका छन् । कम्पनीले १६ करोड रुपैयाँ बराबरको सार्वजनिक सेयर निष्कासन गर्ने प्रक्रियामा रहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण