अनमोलप्रीतले तोडे युसुफ पठानको कीर्तिमान
शनिबार, ०६ पुस २०८१, १९ : ३२
पञ्जाब । पञ्जाबका ब्याट्सम्यान अनमोलप्रीत सिंहले भारतको घरेलु लिस्ट ए क्रिकेट प्रतियोगिता ‘ विजय हजारे ट्रफी’ मा सबैभन्दा छिटो शतक प्रहार गर्ने कीर्तिमान बनाएका छन् । अनमोलप्रीत सिंहले शनिबार अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा अरुणाचल प्रदेशसँगको एकदिवसीय खेलमा ३५ बलमा शतक बनाएका हुन् ।
यो लिस्ट ए श्रेणी क्रिकेट खेलमा भारतका लागि सबैभन्दा छिटो शतक पनि हो। अनमोलप्रीतले आफ्नो पारीमा १२ चौका र ९ छक्का प्रहार गरे । अनमोलप्रीत आईपीएलमा मुम्बई इन्डियन्स र सनराइजर्स हैदरावादको जर्सीमा पनि देखिएका छन् ।
अनमोलप्रीतले पूर्व भारतीय ब्याट्सम्यान युसुफ पठानको कीर्तिमान तोडेका हुन् । युसुफ पठानले सन् २००९ मा महाराष्ट्रविरुद्धको लिस्ट ए क्रिकेट खेलमा ४० बलमा शतक बनाएका थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण