पर्साबाट डेढ लाख क्याप्सुल लागुऔषध बरामद
आइतबार, ०७ पुस २०८१, १२ : ४१
काठमाडौँ । पर्साबाट सशस्त्र प्रहरीले डेढ लाख क्याप्सुल लागुऔषध बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका–३ स्थित प्रगतिगरमा सञ्चालित किराना पसलबाट लागुऔषध बरामद गरिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।
सशस्त्र प्रहरीका डीएसपी सुरज रिजाल र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले राजाराम महतो कोइरीले सञ्चालन गरेको सृष्टि किराना जनरल स्टोरबाट ट्रमाडोल हाइड्रोक्लोराईड बरामद गरेको हो ।
५ वटा कार्टुनमा भण्डारण गरेर राखेको अवस्थामा १ लाख ५१ हजार ८ सय ६० क्याप्सुल ट्रमाडोल बरामद गरिएको डिएसपी थापाले जानकारी दिए । सशस्त्रले राजाराम महतोलाई पनि पक्राउ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण