यु–१९ एसिया कप खेलेर नेपाली टोली स्वदेश फर्कियो, तस्बिरहरू
काठमाडौँ । एसिसी महिला यु–१९ एसिया कप खेलेर नेपाली टोली आइतबार स्वदेश फर्किएको छ । एसिसी महिला यु–१९ एसिया कप अन्तर्गत सुपर फोरबाटै बाहिरिएपछि नेपाली टोली स्वदेश फर्किएको हो ।
_BFNLFbG33i.jpg)
स्वदेश फर्किएको नेपाली टोलीलाई आइतबार त्रिभुवन विमानस्थलमा क्यानका पदाधिकारीहरूले स्वागत गरेका थिए । शुक्रबार भएको सुपर फोरको आफ्नो दोस्रो तथा अन्तिम खेलमा बंगलादेशसँग नौ विकेट पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको थियो ।
_5w41fOwbmO.jpg)
स्वदेश फर्किपछि महिला यु–१९ नेपाली टोलीकी कप्तान पूजा महतोले एसिया कपमा तेस्रो स्थान हासिल गर्दा खुसी लागेको बताइन् । उनले खेलहरू राम्रो भइरहँदा वर्षाका कारण लय समात्न समस्या भएको उल्लेख गरिन् ।
_84oZ8mD7iN.jpg)
त्यस्तै महिला यु–१९ नेपाली टोलीका प्रशिक्षक महेश रिजालले यु–१९ एसिया कपको नजिता सन्तोष जनक र अनुभव प्राप्त भएको बताए । नेपालले समूह ‘बी’ को उपविजेता तथा बंगलादेशले समूह ‘ए’ को विजेताका रूपमा सुपर फोरको यात्रा तय गरेका थिए । समूह चरणमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको नेपालले भारतसँग वर्षाका कारण अंक बाँडेको थियो । त्यस्तै सुपर फोरको पहिलो खेल वर्षाका कारण रद्द भएपछि नेपालले श्रीलंकासँग अंक बाँड्नुपरेको थियो ।
_wh4oa8DJS0.jpg)
_eYHzAXEOEs.jpg)
_L15x2YVDRT.jpg)
_qUeq1ZQzX5.jpg)
_ZF77jcKMp7.jpg)
_WGI4V7nhBy.jpg)
_jNiSjZINdX.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण