अल्लु अर्जुनको घरमा आक्रमण
हैदराबाद । तेलुगु फिल्मका चर्चित अभिनेता अल्लु अर्जुनको घरमा आइतबार केही व्यक्तिले आक्रमण गरेका छन् । यस हमलामा अल्लु अर्जुनको घर अगाडिको भाग, गमला र केही समानमा क्षति पुगेको हो ।
सामाजिक सञ्जालमा पोस्ट गरिएको अपुष्ट भिडियोमा उनको घर अगाडि केही व्यक्तिले नारा लगाएको देख्न सकिन्छ । भिडियोमा केही फुटेको गमला पनि देख्न सकिन्छ ।
बीबीसी तेलुगु सेवाका अनुसार अल्लु अर्जुनको घरमा आक्रमण गर्नेहरूले आफू उस्मानिया विश्वविद्यालयको संयुक्त कार्य समितिका सदस्य भएको दाबी गरेका छन्। प्रदर्शनकारीले अल्लु अर्जुनको फिल्म ‘पुष्पा–२ः द रुल’ को प्रदर्शनका क्रममा भागदौडमा एक महिलाको मृत्यु भएको घटनामा न्यायको माग गरिरहेको समाचार एजेन्सी पीटीआईले जनाएको छ ।
हालै एक थिएटरमा भागदौडका क्रममा एक महिलाको मृत्यु भएको आरोपमा अल्लु अर्जुनविरुद्ध पनि मुद्दा दर्ता भएको छ । यो मुद्दामा उनी जेल पनि परेका थिए ।
अल्लु अर्जुन हाल चार साताको लागि अन्तरिम जमानतमा छन् । उनीसँग सम्बन्धित विषयको सामाजिक सञ्जालदेखि तेलंगाना विधानसभासम्म चर्चा भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण