पहिलो एकदिवसीयमा भारतीय महिला क्रिकेट टोलीको शानदार जित
आइतबार, ०७ पुस २०८१, २१ : ४७
_TRNGjzswNi.png)
बडोदरा । बडोदरामा भएको पहिलो एकदिवसीय खेलमा भारतीय महिला क्रिकेट टोलीले वेस्ट इन्डिज महिला क्रिकेट टोलीलाई २११ रनले पराजित गरेको छ ।
यस खेलमा पहिले ब्याटिङ गरेको भारतीय टोलीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३१४ रन बनाएको थियो । लक्ष्य पछ्याउन आएको वेस्ट इन्डिजको टोली २६.२ ओभरमा मात्र १०३ रनमा अलआउट भयो ।
भारतका लागि रेणुका ठाकुर सिंहले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएकी थिइन् । वेस्ट इन्डिजका सात ब्याट्सम्यानले दोहोरो अङ्क छुन सकेनन् । शिमन क्याम्पबेलले सर्वाधिक २१ रन बनाइन् ।
भारतीय टोलीको सुरुवात राम्रो थियो । ओपनर स्मृति मन्धानाले अर्धशतक बनाएकी थिइन् । तर, उनी ९ रनले शतक गुमाएकी थिइन् । स्मृतिले १३ चौका सहित ९१ रन बनाइन् ।
वेस्ट इन्डिजको महिला क्रिकेट टोली हाल भारत भ्रमणमा छ । यसअघि नै टोलीले तीन खेलको टी–२० सिरिज २–१ ले हारेको थियो ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनपी साउद परराष्ट्र मन्त्रालय र सरकारप्रति किन असन्तुष्ट ?
-
रश्मिकासँग इन्गेजमेन्ट गरेका हुन् विजयले ?
-
नेप्से परिसूचक दुई दशमलव ७९ अङ्कले घट्यो
-
होण्डाको फ्रि–सर्भिस क्याम्प र टेस्ट ड्राइभ सम्पन्न
-
आफू नेतृत्वको सरकारले इतिहासमा नमेटिने रेकर्ड राखेको छ : प्रचण्ड
-
एरोन फिन्च भन्छन्, ‘आन्द्रे रसेलको क्षमता बुझ्न नसक्दा कोलकाता उपाधि होडबाट बाहिरियो’