भूतपूर्व गोर्खाको मुद्दामा लन्डन दूतावासले अघि बढायो छलफल
लन्डन । भूतपूर्व गोर्खाहरुका माग सम्बन्धमा लन्डनस्थित नेपाली दूतावासको नयाँ टिमले अनौपचारिक छलफल अगाडि बढाएको छ ।
यसअघिका राजदूत ज्ञानचन्द्र आचार्यसहित उपनियोग प्रमुख रोशन खनाल र अन्य सबै डिप्लोम्याट्सहरु चार वर्षे कार्यकाल सकिएर नेपाल फर्किएपछि लन्डन आएको नयाँ टिमले यसमा गृह कार्य गरेको हो ।
तीन महिना अघि लन्डन दूतावासमा जिम्मेवारी सम्हालेका कार्यवहाक राजदूत एवं उपनियोग प्रमुख विपिन दुवाडीले यस बीचमा बेलायती संसद हाउस अफ कमन्सका सभामुख सर लिन्डसे होयलीसहित विदेश मन्त्रालयका अधिकारीहरुसँग अनौपचारिक छलफलका क्रममा गोर्खा समस्या समाधानमा जोड दिएका छन् ।
'मैले हरेक भेटघाटहरुमा यो बेलायतको प्रतिष्ठासँग पनि जोडिएको विषय हो । भूतपूर्व गोर्खाहरु धेरै पीडित छन् । यसमा तपाईंहरुले गम्भीर भएर समाधान गर्नै पर्छ भनेको छु', दुवाडीले भने ।
नवनियुक्त राजदूत चन्द्रकुमार घिमिरे लन्डन आएपछि औपचारिक वार्ता अगाडि बढाइने कार्यवहाक राजदूत दुवाडीले बताए ।
उनले यस विषयमा गोर्खा संगठनका प्रतिनिधिहरुसँग निरन्तर छलफल भइरहेको पनि बताए । गोर्खाहरुका मागका सम्बन्धमा पछिल्लो तीन वर्षयता त्रिपक्षीय वार्ताअन्तर्गत प्राविधिक संयन्त्रका १३ बैठक र झण्डै आधा दर्जन मन्त्रिस्तरिय वार्ता भइसकेका छन् ।
प्राविधिक स्तरमा गोर्खा मुद्धामा घनीभूत छलफल हुंदै आएपनि वार्तामा अपेक्षित उपलब्धि हासिल नभएकोमा गोर्खाहरु निराश छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूस र युक्रेनबिच तनाव बढ्दै, ड्रोन आक्रमण र प्रतिकार जारी
-
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
-
कोबोली फ्रेन्च ओपनको फाइनलमा, आर्नाल्डी बाहिरिए
-
मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँ: सुशीला कार्की
-
काठमाडौँमा कलिङ्गा साहित्य महोत्सव सुरु (तस्बिरहरु)
-
मिथिला खानपानमा आँपको अचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण