नेपाल प्रिमियर लिग
एनपीएलमा सट्टेबाजी : थप दुई भारतीय पक्राउ
सोमबार, ०८ पुस २०८१, ११ : १२
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलमा सट्टेबाजी गराएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश घर भएका ४७ वर्षीय हरिस जावा र ३८ वर्षका ऋषि मातन छन् ।
उनीहरूलाई टोखा नगरपालिका–३ ग्रान्डी टावर स्थित नेप्चुन अपार्टमेन्टबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । प्रहरीले उनीहरूको साथबाट एनसेलको सिम ८ थान, मोबाइल ५ थान र ल्यापटप बरामद गरेको छ ।
उनीहरूले जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबिच भएको अन्तिम खेलमा सट्टेबाजी गराएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले एनपीएलमा सट्टेबाजी गराएको आरोपमा ७ जनालाई पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण