पुटिनलाई भेट्न एक्कासि रुस पुगे स्लोभाक प्रधानमन्त्री
मस्को । स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिको रुस भ्रमणमा गएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्न उनी एक्कासि रुस गएका हुन् ।
तीन वर्षअघि युक्रेनमाथि रुसले हमला गरेयता पुटिनलाई भेट्ने उनी तेस्रो पश्चिमी नेता भएका छन् । युद्धमा युरोपेली सङ्घले युक्रेनलाई दिइरहेको समर्थन र साथको फिको कडा आलोचक हुन् ।
वार्तामा आफू र पुटिनले स्लोभाकियामा रुसी ग्यास आपूर्तिबारे कुरा गरेको फिकोले बताए । आफ्नो रुस भ्रमण र यसको उद्देश्यबारे ईयूका शीर्ष अधिकारीहरूलाई शुक्रवार नै जानकारी गराइएको पनि फेसबुकमा एउटा पोस्टमा उनले लेखेका छन् । यो वर्षको सुरुमा फिको माथि गोली प्रहार भएको थियो ।
पुटिनसँग आफूले युक्रेनमा सैन्य अवस्थाबारे पनि लामो कुराकानी भएको पनि उनले बताए । दुवैले युद्धको छिटै शान्तिपूर्ण अन्त्यको सम्भावनाको साथै रुस र स्लोभाकियाबीचको आपसी सम्बन्धबारे पनि कुराकानी गरेको पोस्टमा फिकोले लेखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण