अल्लू अर्जुनको घरमा तोडफोड गर्नेले पाए जमानत
नयाँदिल्ली । दक्षिण भारतीय अभिनेता अल्लू अर्जुनको घरमा तोडफोड गरेका ६ आरोपीले जमानत पाएका छन् । डिसेम्बर २२ मा जुबली हिल्सस्थित अभिनेताको घरमा तोडफोड भएको थियो । सोमबार बिहानै आरोपीहरूलाई हैदरावाद उच्च अदालतमा पेश गरिएको थियो । अदालतले सबैलाई जमानत दिएको हो ।
आइतबार सााझ केही मानिसहरू प्लाकार्ड बोकेर अभिनेताको घरमा पुगेर नाराबाजी गर्न थालेका थिए । यीमध्ये एक व्यत्तिलmे कम्पाउन्डमा चढेर गोलभेँडा फ्याक्न थाले । सुरक्षाकर्मीले पर्खालबाट ओर्लिन भन्दा मानेनन् । जसले गर्दा दुई पक्षबिच भनाभन शुरु भयो । रिसाएका मानिसहरू पर्खाल नाघेर भित्र पसे अनि फुलका गमला फुटाइदिए ।
तोडफोडको समयमा घरमा थिएनन अल्लु
यो घटनापछि प्रहरीले ६ जनालाई हिरासतमा लिएको थियो । आक्रमणको समयमा अभिनेता अल्लु अर्जुन घरमा थिएनन् । आक्रमणपछि अल्लु अर्जुन र उनका छोराछोरी अल्लु अरहा र अल्लु अयान घरबाट बाहिर निस्किएका थिए ।
तोडफोड गर्न आएकाहरूले डिसेम्बर ४ मा हैदरावादको सन्ध्या थिएटरमा भएको भागदौडमा ज्यान गुमाएकी ३५ वषर्र््ीया रेवतीको परिवारलाई १ करोड रुपैयाँ क्षतिपूर्ति माग गरेका थिए । रेवतीको ९ वर्षीय छोरा श्री तेजको अवस्था चिन्ताजनक छ ।
हाल उनको अस्पतालमा उपचार भइरहेको छ ।
अल्लुका पिताले दिए यस्तो प्रतिक्रिया
घटनाबारे प्रतिक्रिया दिँदै फिल्म निर्माता तथा अल्लु अर्जुनका बुबा अल्लु अरविन्दले भने– ‘हाम्रो घरमा के भयो सबैले देखेका छन् । अब हामीले उचित कदम चाल्नुपर्छ, तर प्रतिक्रिया दिने यो उपयुक्त समय हो जस्तो मलाई लाग्दैन’ उनले भने ।
घटनाका दिन अभिनेता आफ्नो फिल्म ‘पुष्प २ः द रुल’ को विशेष प्रिमियरमा उपस्थित भएका थिए । १३ डिसेम्बरमा अल्लु अर्जुनलाई यस मामिलामा पक्राउ गरिएको थियो । तर तेलंगाना उच्च अदालतले उनलाई जमानत दियो ।
यसको केही दिनमै तेलंगानाका मुख्यमन्त्री रेवन्त रेड्डी र हैदरावाद पुलिसले तेलुगु सुपरस्टारमाथि गम्भीर आरोप लगाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण