राजदूतको शपथ
भारतसहित ५ देशमा नियुक्त भएका राजदूतहरूले लिए शपथ
सोमबार, ०८ पुस २०८१, १२ : २२
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ५ देशमा नियुक्त भएका राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा उनले भारत, रुसी महासंघ, बेलायत, स्पेन र दक्षिण कोरियाका नवनियुक्त राजदूतहरूको शपथ भएको हो ।
भारतका लागि शंकर प्रसाद शर्मा, दक्षिण कोरियाका लागि डा शिवमाया तुम्बाहाङ्फे, स्पेनका लागि शनिल नेपाल, बेलायतका लागि चन्द्रकुमार घिमिरे र रुसका लागि जंगबहादुर चौहान राजदूत नियुक्त भएका छन् ।
शपथ ग्रहण समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको शीतल निवासले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण