राजदूतको शपथ
भारतसहित ५ देशमा नियुक्त भएका राजदूतहरूले लिए शपथ
सोमबार, ०८ पुस २०८१, १२ : २२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ५ देशमा नियुक्त भएका राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा उनले भारत, रुसी महासंघ, बेलायत, स्पेन र दक्षिण कोरियाका नवनियुक्त राजदूतहरूको शपथ भएको हो ।
भारतका लागि शंकर प्रसाद शर्मा, दक्षिण कोरियाका लागि डा शिवमाया तुम्बाहाङ्फे, स्पेनका लागि शनिल नेपाल, बेलायतका लागि चन्द्रकुमार घिमिरे र रुसका लागि जंगबहादुर चौहान राजदूत नियुक्त भएका छन् ।
शपथ ग्रहण समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको शीतल निवासले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदर्शनीमार्गमा राजनीतिक लगायतका प्रदर्शन रोक्न माग गर्दै सर्वोच्चमा रिट
-
छाडा चौपायाको गोबर र गहुँतले सडक चाँडै भत्किरहेको छ : सांसद बलायर
-
गगन थापालाई प्रश्न : दुई दलीय संयन्त्रमा बसेर सरकारको आलोचना किन ?
-
पहलगाम हमलाको असर : पर्सास्थित नेपाल–भारत सिमानामा व्यापक कडाइ
-
टाइटनको ब्रान्ड एम्बेसडर बनिन् मिस नेपाल केसी
-
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?