टाउकोमा सिलौटाले हानेर श्रीमतीको हत्या
सोमबार, ०८ पुस २०८१, १६ : ०९
बुटवल । बुटवलमा एक महिलाको हत्या हत्या भएको छ ।
सोमबार बुटवल उपमहानगरपालिका ११ माझगाउँ बस्ने २६ वर्षिय सागर बिकले २२ वर्षिया श्रीमती अन्जना बिकको हत्या गरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।
२ बजेको समयमा सागरले अन्जनालाई विवादका क्रममा टाउकोमा सिलौटाले हानेर हत्या गरेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी विजय पण्डितले जानकारी दिए ।
प्रहरीले सागरलाई नियन्त्रणमा लिएको छ भने शवलाई पोष्टमाटम गर्नको लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ । घटनाबारे अनुसन्धान सुरु भएको पण्डितले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक विकास कार्यालय जुम्लाको पुँजीगत खर्च ९३ प्रतिशत
-
बागलुङमा सिँचाइ सुविधा विस्तार
-
बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै
-
देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण