पोखरामा ‘वर्ल्डलिंक कार्निभल’ हुने
काठमाडौँ । इन्टनेट सेवा प्रदायक कम्पनी, वर्ल्डलिंकले पोखरामा ‘कार्निभल’को आयोजना गर्ने भएको छ । यस कार्निभलमा विभिन्न प्रकारका फुड स्टलहरु, बालबच्चाहरुको लागि खेलहरु, विभिन्न प्रकारमा रमाइला खेलहरु रहने वर्ल्डलिंकले जनाएको छ ।
यस कार्निभलको मुख्य आकर्षणको रुपमा, ‘द इलिमेन्टस्’ ब्यान्डको प्रस्तुती रहने तथा त्यसका साथै विभिन्न स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती समेत रहने जनाइएको छ । चर्चित कार्यक्रम प्रस्तोता ‘सुजिता श्रेष्ठ’ द्वारा सञ्चालन गरिने यस कार्निभलमा चर्चित डिजे ‘डिजे एमी’को प्रस्तुती समेत रहने छ ।
पोखराको, पामे, चङ्खपुरमा हुन गइरहेको ‘अन्तर्ष्ट्रिय बलुन फेस्टिभल’ को पाँचौ दिनमा हुन गइरहेको यस कार्निभल, पौष १३ गते २८ डिसेम्बर, शनिबारको दिन बिहान ९ बजे बाट शुरु भइ बेलुकी ५ बजे सम्म रहने छ । कार्यक्रममा विभिन्न प्रकारका मनोरञ्जनात्मक खेलहरु, ‘पबजी प्रतियोगिता’, तथा विभिन्न स्टलहरु रहने छन् ।
साथै यसै कार्यक्रममा, ‘बिट द स्पीड’ को प्रतियोगिता समेत हुने वर्ल्डलिंकले जनाएको छ । त्यस प्रतियोगितामा, १४५ कि.मी. प्रति घण्टा भन्दा माथिको बलिङ्ग गर्न सफल भएमा एक प्रतियोगीले ‘आईफोन १६’ उपहार पाउन सक्नेछन् ।
यस कार्निभलमा सहभागि हुन चाहनेहरुको सहजताको लागि वर्ल्डलिंकले पोखरामा पामे सम्मका लागि निशुल्क बस सेवा समेत प्रदान गर्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण