मस्कले बढाए एक्स प्रिमियको सब्सक्रिप्शन शुल्क
वासिङटन डीसी । यतिबेला संसारको सबैभन्दा धनी व्यक्ति हुन् अमेरिकी खर्बपति व्यापारी एलन मस्क । तर पनि पैसा कमाउने उनको भोक अझै पनि मेटिएको छैन ।
मस्कले ट्विटरलाई किनेर यसको नाम फेरेर एक्स बनाएका थिए । त्यसपछि यसका प्रयोगकर्ताहरूलाई ब्लू टिकको लागि भुक्तानी गर्न बाध्य पारे । यसको प्रिमियम सेवा लिनेहरूले अब यसको लागि थप पैसा तिर्नु पर्ने भएको छ । माइक्रोब्लगिङ प्लेटफर्म एक्सले आफ्नो प्रिमियम प्लस प्लानको शुल्क ३५ प्रतिशतभन्दा धेरैले बढाएको छ ।
एक्सको खास सुविधा प्रयोग गर्न अब प्रयोगकर्ताहरुले ३७ दशमलव ५ प्रतिशत बढी शुल्क तिर्नु पर्नेछ । यसअघि १६ डलर रहेको प्रिमियम प्लसको शुल्क बढाएर कम्पनीले २२ डलरमा पुर्याएको छ । सो योजनाको वार्षिक शुल्कको मूल्य पनि १६८ डलरबाट बढाएर २२९ डलरमा पुर्याएको छ । यो वृद्धि ३६ दशमलव १ प्रतिशत हो ।
संशोधित मूल्य डिसेम्बर २१ बाटै लागू भइसकेको बताइएको छ । कम्पनीले सन् २०२३ को अक्टोबरमा एक्स प्रिमियम प्लस प्लान सुरु गरेको थियो । विज्ञापन रहित यो प्लानमा अन्य कयौँ फिचर छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण