इङ्ल्यान्डका अलराउन्ड बेन स्टोक्स कम्तीमा तीन महिना मैदानबाट बाहिर

काठमाडौँ । इङ्ल्यान्डका प्रभावशाली अलराउन्डर बेन स्टोक्स लामो समय क्रिकेट मैदानबाट बाहिर रहने भएका छन् । ३३ वर्षीय स्टोक्स चोटका कारण लामो समय मैदानबाट बाहिरिने भएपछि इङ्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले पनि चिन्ता व्यक्त गरेको छ ।
स्टोक्स इङ्ल्यान्डको राष्ट्रिय टोलीका कप्तान पनि हुन् । उनी ‘ह्यामस्ट्रिङ’ समस्याका कारण खेलबाट बाहिरिएको बोर्डले जनाएको छ । उनले छिट्टै शल्यक्रिया पनि गराउने भएका छन् । सम्भवतः आगामी महिना उनको शल्यक्रिया हुनेछ ।
‘उनी ह्यामस्ट्रिङ समस्याबाट पीडित छन् । सम्भवतः अर्को महिना उनको शल्यक्रिया पनि हुनेछ । समग्रमा करिब तीन महिला उनी मैदानबाट बाहिर रहने निश्चित छ,’ बोर्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
हालै सम्पन्न न्युजिल्यान्डविरुद्धको टेस्ट शृङ्खलाका क्रममा ह्यामिल्टनमा खेलिएको खेलमा उनको चोट बल्झिएको थियो । त्यसअघि पनि उनी पटक–पटक ह्यामस्ट्रिङ समस्याबाट पीडित हुँदै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रोयल्टी सङ्कलन
-
गायिका एवं कम्पोजर लक्ष्मीले ल्याइन् ‘जिन्दगीको गोरेटोमा’
-
रोचक प्रिमियर लिग : तीन खेलमा २-० को हारजित, दुई खेल २-२ को बराबरी
-
एल क्लासिकोमा बार्सिलोना विजयी, उपाधिको मुखैमा रियाललाई ठूलो झट्का, एम्बाप्पेको ह्याट्रिक गयो खेर
-
स्थापनाको ९ वर्षसम्म बनेन पालिकाको आफ्नै घर, भाडामै सकियो ६० लाख
-
१२ बजे, १२ समाचार : काठमाडौंका दुई निजी विद्यालयमा छापादेखि बालेनसँगको लफडाले काठमाडौंबाट हात झिक्दै सडक विभागसम्म