राष्ट्रिय परिचयपत्र विवाद : पेसीको जानकारी दिने सर्वोच्चको आदेश
मङ्गलबार, ०९ पुस २०८१, १८ : १५
काठमाडौँ । राष्ट्रिय परिचयपत्र विवादमा सर्वोच्च अदालतले मंगलबार पेसीको जानकारी दिने आदेश गरेको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार रेग्मीको इजलासले अन्तरिम आदेश खारेज गर्ने सम्बन्धी सरकारको भ्याकेटको निवेदनमा अर्का रिट निवेदन वरिष्ठ अधिवक्ता धुव्रलाल श्रेष्ठलाई समेत पेसीको जानकारी दिई अर्को दिन नयाँ इजलासमा तोक्ने गरी आदेश गरेको हो ।
करिब एक महिनादेखि सर्वोच्चमा पेसी चढ्ने र सुनुवाइ नहुने हुँदै आएको उक्त भ्याकेटको निवेदनमा यस्तो आदेश भएको हो । अधिवक्ता रामबहादुर राउतसमेतको रिटमा अन्तरिम आदेश जारी भएपछि सरकारले कात्तिक २० गते भ्याकेटको निवेदन दर्ता गरेको थियो । अन्तरिम आदेश खारेज नहुँदा राष्ट्रिय परिचयपत्रसहित नागरिकको एकीकृत तथ्याकमा समस्या भएको दाबी सरकारले गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण