राष्ट्रिय परिचयपत्र विवाद : पेसीको जानकारी दिने सर्वोच्चको आदेश
मङ्गलबार, ०९ पुस २०८१, १८ : १५

काठमाडौँ । राष्ट्रिय परिचयपत्र विवादमा सर्वोच्च अदालतले मंगलबार पेसीको जानकारी दिने आदेश गरेको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार रेग्मीको इजलासले अन्तरिम आदेश खारेज गर्ने सम्बन्धी सरकारको भ्याकेटको निवेदनमा अर्का रिट निवेदन वरिष्ठ अधिवक्ता धुव्रलाल श्रेष्ठलाई समेत पेसीको जानकारी दिई अर्को दिन नयाँ इजलासमा तोक्ने गरी आदेश गरेको हो ।
करिब एक महिनादेखि सर्वोच्चमा पेसी चढ्ने र सुनुवाइ नहुने हुँदै आएको उक्त भ्याकेटको निवेदनमा यस्तो आदेश भएको हो । अधिवक्ता रामबहादुर राउतसमेतको रिटमा अन्तरिम आदेश जारी भएपछि सरकारले कात्तिक २० गते भ्याकेटको निवेदन दर्ता गरेको थियो । अन्तरिम आदेश खारेज नहुँदा राष्ट्रिय परिचयपत्रसहित नागरिकको एकीकृत तथ्याकमा समस्या भएको दाबी सरकारले गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले बजेटबाट प्रभावकारी काम गर्नुपर्ने चुनौती छ : मुख्यमन्त्री लामा
-
माओवादी, राजावादी र कांग्रेसलाई एमालेको एकमुस्ट जवाफ : उच्चस्तरीय संयन्त्र खारेज गर्दा हुन्छ
-
ईपीएस कोरिया शाखामा धर्ना
-
सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगमा द्वन्द्वपीडितकाे प्रतिनिधित्व गराउने देउवाको प्रतिबद्धता
-
‘जार’ अभिनयले एउटा सपना पूरा भयो : अभिनेता सौगात मल्ल
-
सिंहदबारपछि बानेश्वरमा ओली–प्रचण्डको तस्बिर चर्चा