सिद्धार्थ बैंकको २२ औँ वार्षिकोत्सव सम्पन्न
बुधबार, १० पुस २०८१, १४ : ३०
काठमाडौँ । सिद्धार्थ बैंकले आफ्नो स्थापनाकालको २२ औँ वर्ष पुरा गरेको छ । बैंक सञ्चालनको २२ वर्ष पूरा भएको अवसरमा बैंकले नक्साल स्थित आफ्नो प्रधान कार्यालय भवनमा प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृत र बैंकमा कार्यरत कर्मचारीहरूको उपस्थितिमा एक कार्यक्रम गरी बैंकको वार्षिकोत्सव सम्पन्न गरेको छ ।
बैंकले आफ्नो वार्षिकोत्सवलाई भव्य र सभ्य बनाउने उद्देश्यले विभिन्न कार्यक्रमहरूको आयोजना गरेको छ । जसअनुसार फुटसल प्रतियोगिता, टेबल टेनिस, देशका विभिन्न स्थानहरूमा रक्तदान कार्यक्रमका साथसाथै बैंकमा कार्यरत रही १५ वर्ष पूरा गरेका कर्मचारीहरूको सहभागिता रहेको छ ।
डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ ग्राहकहरूलाई लक्षित गर्दै “सिद्धार्थ बैंक २२ औँ वार्षिकोत्सव अफर” ल्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण