च्यासलमा तीन घण्टादेखि एमाले सचिवालय बैठक जारी
बुधबार, १० पुस २०८१, १७ : ०१
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक तीन घण्टादेखि जारी छ ।
पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकमा केन्द्रीय कमिटी बैठकको मिति र एजेण्डा तय गर्ने बताइएको छ । पुस २० र २१ गते केन्द्रीय कमिटी बैठक बोलाउने एमालेको तयारी छ ।
त्यस्तै पार्टी केन्द्रीय सङ्गठन विभागले सङ्गठन विस्तारबारे गरेको संकल्पका बारेमा ठोस कार्यक्रम बनाउने एमालेले जनाएको छ । यसबाहेक बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका कामकारबाहीबारे समेत समीक्षा भएको बुझिएको छ । यसअघिको सचिवालय बैठकमा सरकारका कामकारबाही प्रभावकारी बनाउन पार्टीमा छलफल हुनुपर्ने आवाज उठेको थियो । तर उक्त बैठकमा समयअभाव भन्दै अध्यक्ष ओलीले अर्को बैठकमा समीक्षा गर्ने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा १-१ को रोमान्चक बराबरी, स्पेनको अभेध्य रक्षापङ्क्ति तोड्दै बेल्जियमको पुनरागमन
-
स्पेनको 'क्लिन सिट' यात्रामा लाग्यो पूर्णविराम
-
बेल्जियम विरुद्ध स्पेनको सुरुवाती अग्रता, ३०औँ मिनेटमा फाबियन रुइजको गोल
-
हनुमन्ते खोलामा बाढीको बहाव बढ्दोः बिहानसम्म सतर्क रहन मौसम विभागको आग्रह
-
स्पेन र बेल्जियमबिचको बहुप्रतीक्षित क्वार्टरफाइनल खेल सुरु
-
सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियम भिड्दै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण